पार्टी फुटाउँछु भनेको छैन, संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिनुपर्दैन : महामन्त्री थापा

पार्टी फुटाउँछु भनेको छैन, संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिनुपर्दैन : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताएका छन् ।

सोमवार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०÷३५ वर्षदेखि ४/५ जना नेतामात्रै सत्ता र नेतृत्वमा घुमिरहनु रहेको बताए ।

उनले संसदीय दलको नेता बदल्ने कुरा अहिलेको आवश्यकता भएकाले आफू अझै संसदीय दलको नेता फर्न लागिपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवाले आफू ५ पटक प्रधानमन्त्री बनिसकेकाले अर्को नेता पार्टीको संसदीय दलको नेता बनोस् भनेर आह्वान गर्ने अपेक्षा राखेको पनि बताए ।

महामन्त्री थापाले आफूले पार्टी फुटाउने कुरा नगरेको भन्दै संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिन नपर्ने बताए । उनले भने, ‘सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०÷३५ वर्षदेखि ४÷५ जना नेतामात्रै म्युजिकल चियर खेलेको जस्तो आलोपालो गरेर नेतृत्व गरिरहेका छन् । त्यसैले पनि मानिसहरु रिसाएका छन् । त्यसैले पार्टी परिवर्तन गर्नुुपर्छ । यो कुनै व्यक्तिगत कुरा होइन, सभापतिज्यु मेरो पितातुल्य हुनुहुन्छ । साथीहरु किन आत्तिनुभएको ? मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो । सभापतिज्युलाई यो कुरा ठिक हो भन्ने लागेको छ, वरिपरी बस्ने साथीलाई चिन्तित बनाएको छ । धेरै चिन्ता गर्नुपर्दैन । म बदल्न लागिरहन्छु, कसैले नसोध्नुहोला अब ।’

महामन्त्री थापाले वर्तमान सत्ता गठवन्धनको नेता काँग्रेस भएकाले आफ्ना शर्तहरुमाथि सम्झौता गर्नु नहुने बताए । उनले अबको ४ वर्षमा देशमा संघीयता चाहिन्छ भन्ने मनोभावना विकास गर्ने चुनौति रहेको उल्लेख गरे ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *