पार्टी बैठकमै प्रचण्डको गुनासो, नेताहरुबीच मुखामुख

पार्टी बैठकमै प्रचण्डको गुनासो, नेताहरुबीच मुखामुख

काठमाडौं । बुधबारबाट सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारदेखि पार्टी सुदृढिकरणका बिषयले प्रवेश पाएका छन् ।

पछिल्लो समय नेतृत्व सत्ता केन्द्रित हुँदा पार्टी गतिविधिमा निष्कृय जस्तै देखिएको माओवादीको यो बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

पार्टी नेतृत्व सत्ता केन्द्रित हुँदा पार्टी गतिविधि शून्य बन्दै गएको आवाज उठिरहेका बेला माओवादीलाई लयमा फर्काउन यो केन्द्रीय कमिटी बैठक फलदायी होला ?

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र पछिल्लो समय सत्ता केन्द्रित बन्दा पार्टीका गतिविधिहरु ठप्प प्राय छन् ।

जुन कुराले सत्ता गुमेपछि पार्टीको स्थिति कस्तो रहला र कुन स्थानमा पुग्ला भन्ने चिन्ता आम कार्यकर्ता तहमा देखिएको थियो ।

नेतृत्व तहबाटै पार्टीलाई सुदृढ बनाउने कुरामा वास्ता नगरिएको र यसले पार्टीलाई दुरगामी असर गर्ने धेरैको बुझाई छ ।

उक्त बिषयलाई बुधबारबाट सुरु भएको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंमले स्विकार गरेका छन् ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टी जस्तो नभएकोमा चिन्ता व्यक्त गर्दै केन्द्रीय कमिटी बैठक पार्टीलाई व्यवस्थित बनाउने कुरामा केन्द्रित हुने अपेक्षा गरेका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले सरकार सुशासनको पक्षमा दृढताका साथ उभिएको दोहोर्याएका छन् ।

पछिल्लो समय विभिन्न काण्डहरुमा पार्टीकै केही नेताहरुको नाम जोडिएपछि प्रचण्डले अनुसन्धानबाट दोषी ठहर भए जो कोही पनि उम्कन नसक्ने भन्दै केन्द्रीय सदस्यहरुलाई आश्वासन दिए ।

यी बाहेक बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आगामी मंसिरमा विधान सम्मेलन गर्ने, जनतासँग पार्टी अभियान अन्तर्गत भदौदेखि कात्तिकसम्म ३ महिना पार्टी सुदृढिकरण अभियान सञ्चालन गर्ने, पार्टी सदस्यता बढाउने, सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने माओवादीको योजना छ ।

साथै माओवादीले विधान संसोधन गरेर २ सय ९९ रहेको केन्द्रीय सदस्यको संख्यालाई ४ सय ९ पुर्याउने भएको छ ।

५ दिनसम्म चल्ने माओवादीको केन्द्रीय कमिटी बैठकको पहिलो दिन १८ जना केन्द्रीय सदस्यले आफ्नो धारण राखेका छन् ।

नेपाली कांग्रेसले जस्तै माओवादीले पनि कैठक सामाजिक सञ्जालमा लाईभ गर्ने तयारी गरेपनि विरोध तीब्र बनेपछि भने आफ्नै निर्णयबाट पछि हटेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *