कार्यक्रममा बिबिए कार्यक्रम तथा बिसिआइएस कार्यक्रमका विद्यार्थी एवं शिक्षक, कर्मचारी सहभागी भएको क्लबका अध्यक्ष मिन्टुकुमार गुप्ताले बताए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।
क्लबले काहुँडाँडास्थित कलेजको जग्गामा वृक्षरोपणसमेत गरेको थियो । क्लबका उपाध्यक्ष अलिना गुरुङ र सचिव हुमाकुमारी थापाका अनुसार विद्यार्थीहरूले तेजपत्ता, सल्ला, अम्बा, चाँप आदि विभिन्न प्रजातिका करिब ५० बिरुवा रोपेका थिए ।
पोखरा कलेज अफ म्यानेजमेन्टका अनुसार पिसिएम विद्यार्थी क्लबअन्तर्गत विभिन्न ७ विभागहरू छन् । ती विभागहरूले समय समयमा खेलकुद, साहित्यिक, सांस्कृतिक र सामाजिक कार्यक्रमहरू आयोजना गरी विद्यार्थीहरूमा नेतृत्व विकास एवं व्यवस्थापनसम्बन्धी क्रियाकलाप सञ्चालन गर्दै आएका छन् ।