पुतलीबजारमा फागुन १८ देखि दादुरा रुबेला खोप लगाइने

पुतलीबजारमा फागुन १८ देखि दादुरा रुबेला खोप लगाइने

स्याङ्जा । पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले जन्मेको ९ महिनादेखि ५ वर्षमुनिका कुनै पनि बालबालिका दादुरा रुबेला खोपबाट बञ्चित हुन नहुने बताएका छन् ।

सन् २०२६ सम्ममा नेपालाई दादुरा रुबेलामुक्त बनाउने उद्देश्यले पुतलीबजार नगर कार्यपालिकाको कार्यालयले सोमबार सरोकारवालासहित स्वास्थ्यकर्मीबीच गरेको अन्तत्र्रिmया कार्यक्रममा नगर प्रमुख रेग्मीले घर, टोल, समाजदेखि वडा हँुदै पालिकासम्मका बालबालिकालाई खोपबारेमा जानकारी गराउन सुझाव दिए ।

‘नगरभित्रका स्वास्थ्य संस्था र खोप केन्द्रबाट खोप उपलब्ध हुने जनाउँदै स्वास्थ्य रहनका लागि खोप लगाउनैपर्छ,’ उनले भने, ‘यस कार्यका लागि नगरकार्यपालिका, वडा, खोप समन्वय समिति, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्थानीयबासी सबैले सहयोग गरेर बालबालिकालाई खोप लगाउने वातावरण मिलाउन आवश्यक छ ।’

नगर प्रवक्ता एवं वडाध्यक्ष मनोज पौडेल, सामाजिक विकास समिति संयोजक एवं वडाअध्यक्ष इमबहादुर सेनले वडा कार्यालयले बालबालिकालाई खोप लगाउने कार्यमा सबैको सकारात्मक सहयोगको अपेक्षा गरे ।

जिल्ला अस्पताल स्याङ्जाका डा. सचिन रानाभाट, जिल्ला स्वास्थ्य कार्यालय परिवार नियोजन अधिकृत मित्र अर्याल, पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख अनिशा सुवेदीले दादुरा रुबेला रोगबारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्दै यी दुवै धेरै छिटो सर्ने संक्रामक तथा प्राणघातक रोग भएको जानकारी दिए । उनीहरूका अनुसार यी रोगका लागि विशेष औषधी र उपचार नभएकाले खोपबाट नियन्त्रित गर्नुपर्नेमा जोड दिए ।

पुतलीबजारका १४ वडामा ४६ वटा खोपकेन्द्र मार्फत् खोप दिइने हँुदा आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन सकिने स्वास्थ्य अधिकृत ईश्वरबहादुर थापाले जानकारी दिए । ९ महिनादेखि ५ वर्षमुनिका २ हजार ४ सय २५ बालबालिकालाई खोप दिइने पालिकाको लक्ष्य छ ।

खोप लगाइदिने अहेव, अनमी, हेअ, सिअहेव, स्टाफ नर्स, सिअनमीलाई प्रशिक्षित गराइसकेको र ढुक्क भएर लगाउनसमेत आग्रह गरिएको छ ।

यसैगरी, स्याङ्जाका ११ वटै पालिकामा झण्डै १६ हजार ४ सय बालबालिकाले खोप लगाउने भएका छन् ।

खोप लगाइसकेपछि ज्वरो आउनु, शरीरमा राता बिमिरा देखा पर्नु, खोकी लाग्नु, आँखा पाक्ने जस्ता लक्षण देखापर्ने र पछि ठूला जटिलतासमेत आउन सक्ने जनाउँदै दादुरा खोप लगाइसकेका बालबालिकाले पनि पुनः खोप लगाउनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिए ।

स्याङ्जामा पालिकाअनुसार फरक फरक मिति निर्धारण गरी खोप अभियान सुरु गरेका छन् । पुतलीबजार नगरपालिकाले फागुन १८ देखि २१ सम्मको खोप तालिका सार्वजनिक गरेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *