
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यू-१९ महिला विश्वकप २०२५ का लागि नेपाली टोली घोषणा गरेको छ। टोलीको कप्तानी पूजा महतोले गर्नेछिन् भने उपकप्तान सोनी पाख्रिन छिन्। टोलीमा सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत र कृश्मा गुरुङ छन्।
नेपाल माघ ५ देखि मलेसियामा सुरु हुने विश्वकपमा समूह ‘डी’ मा परेको छ। नेपालले पहिलो खेल माघ ५ गते बंगलादेशसँग खेल्नेछ। दोस्रो खेल माघ ७ गते स्कटल्यान्ड र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग हुनेछ।
हाल टोली चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अभ्यास गरिरहेको छ। पुस २७ मा नेपाली टोली मलेसियातर्फ जानेछ। प्रतियोगिता माघ ५ देखि २० सम्म चल्नेछ।