पूर्णिमाले ल्याइन धेरै माया नगर्नु यहाँ  कसैलाई

पूर्णिमाले ल्याइन धेरै माया नगर्नु यहाँ  कसैलाई

काठमाडौँ। 

नेपाली  गीत संगीत क्षेत्रको आधुनिक गायनमा निकै लोकप्रियता कमाउन सफल गायिका पूर्णिमा  लामाले लामो समयको अन्तरालपछि नयाँ  गीतकासाथ दर्शकमाझ आएकी छन्।लोकप्रिय गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको शब्द,संगितमा रहेको धेरै माया नगर्नु यहाँ  कसैलाई बोलको गीत पूर्णिमाले आफ्नै युट्युब च्यानल पूर्णिमा लामा अफिसियल्सबाट सार्वजनिक गरेका हुन्।

मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्डीङ गरिएको गीतमा पूर्णिमा  आफै फिचर्ड छिन्।ध्वनि सम्पादन खडका बाजुरालीको रहेको छ भने गीतको भिडियोमा देवराज आचार्यको छायाकंन रहेको छ।संगीतलाई नै आफ्नो कर्म मान्ने पूर्णिमा  घाँटीमा  भएको समस्याका कारण केही वर्षदेखि चिकित्सकको सुझाव आराम गरिरहेकी थिइन्।

लामो समयपछि आफूले गाएको गीत अत्यन्तै मार्मिक रहेको र सक्दो न्याय गरेर  गाएको पूर्णिमाले  बताइन्।स्वास्थ्य अवस्थाको कारण लामो समयसम्म गीत संगीत क्षेत्रबाट ओझेलमा बस्नु परेका थियो।लामो समयसम्म मेरा भगवानरुपी शुभचिन्तक तथा दर्शकहरुलाई नयाँ  सांगितीक कोसेली पस्किन नपाएकोमा म आफू पनि दुखी थिए तर अब म पुनःबिगतमा जस्तै फेरि पनि मेरो कर्म क्षेत्रको मैदानमा यो नयाँ  कोसेलीसहित उपस्थित भएको छु।मलाई आशा छ मेरा भगवानरुपी शुभचिन्तक तथा दर्शक हरुले बिगतमा जस्तै माया गर्नु हुनेछ।यस गीतलाई पनि यस अघिका अत्यन्तै चर्चा कमाउन सफल “फुल भनूँ“ जिन्दगीलाई“, “मुटु जली खरानी भो जस्ता गीततहरुलाई जस्तै माया गरिदिनु हुनेछ,मन पराइदिनु हुनेछ भन्ने पूर्ण  रुपमा विश्वस्त छु’पूर्णिमाले बताइन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *