पूर्वअर्थमन्त्री विष्णु पौडेल भन्छन्– ‘बजेट कार्यान्वयन हुने सम्भावना छैन’

पूर्वअर्थमन्त्री विष्णु पौडेल भन्छन्– ‘बजेट कार्यान्वयन हुने सम्भावना छैन’

काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नभएको बताएका छन् ।

सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भवना नदेखिएको बताएका हुन् । उनले बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण दिन समेत नसकेको बताए । चलनचल्तीका कार्यक्रम घोषणा गर्नेबाहेक बजेटले केही गर्न नसकेको उनको भनाइ थियो ।

‘सरकारले ल्याएको बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन सकेन । चलनचल्तीका कार्यक्रम घोषणा बाहेक बजेटले केही गर्न सकेको छैन,’ उनले भने, ‘आम नेपाली जनतामा आशा र भरोसा दिन सक्दैन । अर्थतन्त्र जुन संकट र मन्दीको अवस्थामा छ भन्ने कुरालाई बुझेर त्यसको उचाईबाट समाधान दिनुपर्ने थियो । त्यस हिसाबले बजेट आएको छैन। बजेट कार्यान्वयन हुने कुनै सम्भावना छैन । राजश्व परिचालनको दृष्टिकोणले गर्दा चालु आर्थिक वर्षमा दर्दानक अवस्था छ । सरकारले ल्याएको बजेटले लिएका लक्ष्य अनुसार राजश्व परिचालन, पुँजीगत खर्च, लगानी र ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत पूरा गर्न सक्दैन ।’

उनले राजश्व परिचालनको दृष्टिकोणले चालु आर्थिक वर्षमा दर्दानक अवस्थामा रहेको भन्दै आगामी वर्षको बजेटले पनि लक्ष्य अनुसार राजश्व परिचालन, पुँजीगत खर्च, लगानी र ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत पूरा गर्न नसक्ने बताए ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *