पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु गरिएको छ । खाँणलाई आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराएर बयान लिइएको हो ।

सो प्रकरणमा सरकारी वकिलको कार्यालयले आइतबार खाँणसहितका १२ जना अभियुक्तलाई ४ दिनको म्याद थपेर बयान लिन प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले चार दिनभित्र उनीहरुको बयान लिएर, अनुसन्धान प्रतिवेदन तयार गरेर वकिलको कार्यालयमा बुझाउनुपर्नेछ ।

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थीका रुपमा अमेरिका पठाउने गरेको र यसरी पठाउँदा करोडौँ रकम असुलेको लगायत आरोप उनीहरुमाथि लगाइएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *