पेट्रोलियम पदार्थ खपत र बिवाह खर्च कम  गर्न साइकलमा बेहुली


कोट–पाइन्ट, दुबोको मालामा बेहुला ठाँटिए । घरबाट निस्कने बेला भयो तर बेहुला–बेहुली चढ्न सिंगारिएको गाडी कतै देखिएन । व्यास नगरपालिका–१० कुमलटारीका २६ वर्षीय बेहुला विनोद सापकोटाले आफ्नो साइकल निकाले । उनका ६ जना साथीहरू पनि आआफ्नो साइकलमा देखा परे । जन्ती हिँड्यो साइकलमै । 

घरभन्दा करिब ६ किलोमिटर परको एक होटलमा बेहुली पक्ष बेहुला र जन्तीको स्वागतका लागि पर्खिरहेका थिए । साइकलमा सवार बेहुला देखेर केहीबेर अचम्म माने । ‘नयाँ आइडिया’ भन्दै हँस्यौली पनि चल्यो । हँसिलो मुहारका साथ बेहुला पक्षको स्वागत गरे । बिहेको विधि सकिएपछि बेहुलाले बेहुली संगीता भुजेललाई पनि साइकलमै चढाएर घर ल्याए ।

मितव्ययिताको नारा चर्को भए पनि तडकभडक तरिकाले विवाह गर्ने चलन समाजबाट हट्न सकेको छैन । विवाहमा बेहुला बग्गी, सजावटसहित महँगा कार र वरियात गाडीमा बेहुली लिन जाने चलन रहेको समयमा सापकोटाले भने साइकलमै आफ्नी बेहुलीलाई अन्माएर ल्याए । मितव्ययी तरिकाले विवाह गर्नुपर्छ र पेट्रोलियम पदार्थको खपत घटाउनुपर्छ भन्ने सन्देश दिन साइकलमै विहे गरेको उनले बताए । उनको यही सोचलाई साथ दिँदै साथीहरू पनि साइकलमै जन्ती गएका हुन् ।

घरभन्दा करिब ६ किलोमिटर परको एक होटलमा बेहुली पक्ष बेहुला र जन्तीको स्वागतका लागि पर्खिरहेका थिए । साइकलमा सवार बेहुला देखेर केहीबेर अचम्म माने । ‘नयाँ आइडिया’ भन्दै हँस्यौली पनि चल्यो । हँसिलो मुहारका साथ बेहुला पक्षको स्वागत गरे । बिहेको विधि सकिएपछि बेहुलाले बेहुली संगीता भुजेललाई पनि साइकलमै चढाएर घर ल्याए ।

मितव्ययिताको नारा चर्को भए पनि तडकभडक तरिकाले विवाह गर्ने चलन समाजबाट हट्न सकेको छैन । विवाहमा बेहुला बग्गी, सजावटसहित महँगा कार र वरियात गाडीमा बेहुली लिन जाने चलन रहेको समयमा सापकोटाले भने साइकलमै आफ्नी बेहुलीलाई अन्माएर ल्याए । मितव्ययी तरिकाले विवाह गर्नुपर्छ र पेट्रोलियम पदार्थको खपत घटाउनुपर्छ भन्ने सन्देश दिन साइकलमै विहे गरेको उनले बताए । उनको यही सोचलाई साथ दिँदै साथीहरू पनि साइकलमै जन्ती गएका हुन् । यो खबर कान्तिपुरले प्रकाशन गरेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top