पोखरा आदर्श सेकेन्डरीको स्कुलगान

पोखरा आदर्श सेकेन्डरीको स्कुलगान

पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुल, बगरले आफ्नो विद्यालयको चिनारी लोकभाकामा आधारित गीतमार्फत प्रस्तुत गरेको छ । पश्चिमा गीतको बढ्दो प्रयोगबीच विद्यालयले नेपाली लोकगीत, लोकभाकाका माध्यमबाट आफ्नो पहिचान देखाएको हो ।

गीतमा लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेको स्वर, डा. शिव सुवेदीको लय, पुरुषोत्तम न्यौपाने र ज्ञानेश्वर सुवेदीको शब्द छ । कोरस गायनमा नेपाली भाषा विषयका प्राध्यापक एवं लोकगायक ज्ञानेश्वर सुवेदी, विद्यार्थी संस्कृति सुवेदी, अभिषेक आचार्य, रोधा तामाङ, निरुता श्रीस र अस्मित पराजुलीको आवाज रहेको छ ।

गीतको परिकल्पना माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख नारायण न्यौपानेले हुन् भने सम्पादन सन्तोष हमालले गरेका हुन् । विद्यालयमा शिशु कक्षादेखि १२ सम्म पढाइ हुन्छ । यहाँ विज्ञान र व्यवस्थापन संकायका सञ्चालित छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top