पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको बिदाइ

पोखरा । पोखरा इञ्जिनियरिङ कलेजबाट चारवर्षे बिइ सिभिल र बिइ कम्प्युटरका साथै पाँचवर्षे बि–आर्किटेक्चर विषय अध्ययन पूरा गरेका विद्यार्थीको बिदाइ गरिएको छ । पोखरा ८, फिर्केस्थित कलेजले आयोजना गरेको समारोहमा विद्यार्थीको उज्जवल भविष्यको लागि टीका, खादा र मायाको चिनो प्रदान गरी शुभकामनासहित बिदाइ गरिएको हो ।

कलेजका नवनियुक्त प्रिन्सिपल इ. सोम गुरुङ, कम्प्युटरका विभागीय प्रमुख इ. सुरजवसन्त तुलाचन, अतिरिक्त क्रियाकलाप संयोजक इन्जिनियर प्रवीण श्रेष्ठ, प्रशासन प्रमुख चिजकाजी गुरुङले अबका दिन अझ जटिल, जिम्मेवारीपूर्ण र अवसरका ढोका खुल्दै जाने छ भनी मार्गनिर्देशनात्मक भनाइ राखेका थिए ।

स्वतन्त्र विद्यार्थी परिषद्का सभापति विराट सिग्देलको अध्यक्षतामा भएको समारोहमा आर्किटेक्चर अन्तिम सेमेस्टरका विद्यार्थी आशीष पाण्डेले स्वागत मन्तव्य र सिभिल छैटौं सेमेस्टरकी छात्रा अग्रता शर्माले बिदाइ मन्तव्य व्यक्त गरिन् ।

यस्तै विद्यार्थी सुभाष अचार्य, प्रभात रेग्मी, पवन लम्साल, सरोज पौडेलले, कृति न्यूपाने, उषा किरण भण्डारीले पनि मन्तव्य राखेका थिए । विभिन्न सेमेस्टरमा टप हुने विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै गत सेमेष्टरमा ४/४ एसजिपिए ल्याउन सफल ९ जना विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

कलेजले यस वर्ष १७ औं ब्याचका विद्यार्थीको बिदाइ गरेकोमा हालसम्म १ हजार २ सयभन्दा बढी इन्जिनियर र पहिलो पाँचवर्षे आर्किटेक्चर व्याच उत्पादन गरिसकेको प्रशासन प्रमुख चिजकाजी गुरुङले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top