
क्याम्पसको प्रांगणमा आगामी मंसिर ८ देखि १० सम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगिता संयोजक विनोदराज आचार्यले बताए । प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले मंसिर ६ सम्म टिम दर्ता गराउनुपर्नेछ ।
विजेताले ३० हजार, उपविजेताले २० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, सेटर, सर्भर र टिम प्रशिक्षकलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।