अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दीपेन्द्रकुमार यादव, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मदन खड्का लगायतले निरीक्षण टोलीलाई अस्पतालको हालसम्मको प्रगति विवरण र वर्तमान अवस्थाबारे विस्तृत जानकारी गराए ।
टोलीले जनशक्ति, भवन तथा पूर्वाधारसम्बन्धी मापदण्ड लगायत बहिरंग, अन्तरंग, आकस्मिक र शल्यचिकित्सा एवं सघन उपचार कक्षसम्बन्धी मापदण्ड, उपकरण, औषधि आदिका बारेमा अध्ययन तथा निरीक्षण गरी थप सुधार गर्नुपर्ने विषयमा अस्पताल व्यवस्थापन समितिलाई अवगत गराएको थियो ।
निरीक्षण टोलीमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका उप–सचिव चण्डिका पौडेल, मेडिकल सुपरिटेन्डेन्ट डा. धर्म ढकाल, महाशाखा प्रमुख डा. रमेशकुमार केसी, आयुर्वेद चिकित्सक डा. मधुरजी ढकाल तथा फार्मेसी अधिकृत साजन बराल थिए ।