पोखरा । पोखरा विश्वविद्यालय (पोवि) स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजअन्तर्गत जनस्वास्थ्य संकाय तेस्रो वर्ष छैटौं सेमेस्टरका विद्यार्थीले गोरखाका विभिन्न ठाउँमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् ।
सुष्म स्वास्थ्य परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रममा लिडिन लाइट युवा क्लबको संयोजनमा भएको कार्यक्रममा विद्यार्थीले जिल्लाको पालुङटार ४ स्थित बाह्रपिर्के, कुमालगाउँ तथा देवकोटा भन्ने स्थानमा स्वास्थ्य निरुपण शीर्षकमा सचेतनामूलक सो कार्यक्रम सञ्चालन गरेका हुन् ।
एकमहिने सो कार्यक्रममा बाह्रपिर्केदेखि कुमालगाउँसम्म सचेतनामूलक ¥याली लगायतका विभिन्न कार्यक्रम भए । कार्यक्रममा वडाध्यक्ष मानबहादुर पौडेल, टोल विकास संस्थाका अध्यक्ष जोनी सुनार, आमा समूह अध्यक्ष गोमा रानाभाट लगायतले विद्यार्थीद्वारा गरिएको कार्यक्रमको सह्राहना गरिन् ।
विद्यार्थीले देवकोटा भन्ने स्थानमा स्थानीयवासीको प्रेसर जाँच, सुत्केरी महिलाको स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य बिमासम्बन्धी जानकारी गराएको विद्यार्थी अनिशा पौडेल ‘पल्लवी’ ले बताइन् । साथै धुम्रपान मद्यपानबाट हुने असर, उच्च रक्तचापबाट बच्ने उपाय, पोषण तत्वबारे जानकारी लगायत कार्यक्रम गरे ।
देवकोटा टोल विकास संस्था अध्यक्ष कमल मग्रातीले समुदायस्तरमा आएर स्वास्थ्यसँग सम्बन्धित विषयमा जनचेतना फैलाउने कार्यक्रम गरेकोमा विद्यार्थीलाई धन्यवाद दिए ।