प्रचण्डको चीन भ्रमण : दलका अनेक सुझाव

प्रचण्डको चीन भ्रमण : दलका अनेक सुझाव

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका–चीन भ्रमणको तयारी तीब्र चलिरहेको छ । एमसीसी कार्यान्वयन, पछिल्लो समय बढ्दै गएको अमेरिकि प्रभाव, देशको राजनीतिक गतिरोधकै कारण पनि प्रधानमन्त्रीको चीन भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

यस्तोमा प्रधानमन्त्रीले प्रचण्डले आफ्नो चीन भ्रमणमा कस्ता बिषय प्राथामिकतामा राख्छन् ? यो प्रश्न त छँदै छ । छिमेकिसँगको सन्तुलित सम्बन्ध कायम गर्न यो भ्रमण कत्तिको फलदायी हुन्छ होला ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज पहिलो साता चीन भ्रमणमा निस्किन थालेका छन् । तर, यो भ्रमण सोझै काठमाडौं बेइजिङ भने हुनेछैन् ।

पहिला प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय महासभामा सहभागि भई उतैबाट चीन प्रस्थान गर्नेछन् ।

नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन पछि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमणको प्रभावकारीताबारे भने विभिन्न प्रश्नहरु उब्जिएका छन् ।

यस्तोमा आइतबार प्रधानमन्त्री प्रचण्डले भ्रमणका बिषयमा शीर्ष नेताहरु, परराष्ट्रविद् र सरोकारवालासँग छलफल समेत गरेका छन् ।

छलफलमा परराष्ट्रविद् रोमशनाथ पाण्डेले प्रधानमन्त्रीले भ्रमणका क्रममा सचिव स्तरबाट हुने वार्ता र योजनामा भन्दा पनि भारत र चिनसँग विश्वासको वातावरण निर्माण गर्न भुमिका खेल्नुपर्ने सुझाव दिएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर ७ बुँदै लिखित सुझव दिएको छ । प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणमा नागरिकले थाहा पाउनेगरि नेपालको चुच्चे नक्साबारे धारण राख्नुपर्ने रास्वपाको सुझाव छ ।

यता जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गरिबी निवारणमा चीनको रणनीतिबाट नेपालले धेरै सिक्नुपर्ने धारणा राखेका छन् ।

डा. राउतले गरिबी निवारणमा चीनले ठूलो सफलता पाएको र त्यसको अनुभवबाट नेपालले पनि गरिबी निवारणमा काम गर्न सक्ने बताए ।

छलफलमा नेताहरुले छिमेकिहरुसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न जोड दिनुपर्ने, विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समिक्षा गर्नुपर्ने, नेपालको असंलग्न परराष्ट्रनीतिबारे छिमेकिहरुलाई विश्वासमा लिनुपर्ने, फर्टिलाईजर क्षेत्रमा चीनको सहयोग माग्नुपर्ने लगायतका बिषयमा जोड दिएका थिए ।

छलफलमा सहभागिहरुले अन्तराष्ट्रिय सम्बन्ध र कुटनीति बलियो राख्न अनुशासन पनि मुख्य कुरा भएकाले त्यसलाई पनि विशेष ख्याल गर्न प्रधानमन्त्रीलाई सचेत गराएका छन् । साथै शारीरिक हाउवाउमा पनि ध्यान दिन सुझाएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *