प्रचण्ड-ओलीको बेमौसमी बाजा, रुमलियो देशको भविष्य

प्रचण्ड-ओलीको बेमौसमी बाजा, रुमलियो देशको भविष्य

काठमाडौँ । संसदीय शासन प्रणाली अवलम्व गरिरहेका प्राय मुलुकमा कुनै न कुनै कालखण्डमा संसद विघटन गरिएको इतिहास छ । संसद विघटनका अनेक कारण देखिन्छन् । तर, मुख्यगरि सत्ता केन्द्रीत हिसाब मिलान नै विघटनको प्रमुख कारण देखिन्छ । संसद विघटन स्वार्थ अनुकुल बन्न थालेपछि संविधान निर्माणको क्रममै विकल्प रहेसम्म संसद विघटन गर्न नपाउने गरि कानून बनाइयो । तर, केपी ओलीले संसद विघटन गरेपछि उत्पन्न स्थितिलाई लिएर दलीय पौठएजोरी चल्नु स्वाभाविक हो त ?

संसदीय व्यवस्था मान्ने मुलुकमा सत्ता र बलियो प्रतिपक्षको कल्पना गरिन्छ । बहुमतले सरकारले चलाउने र सरकारले गलत काम गर्न थाले सच्याउन प्रतिपक्षले भूमिका खेल्ने संसदीय मान्यता हो । तर, सधैं र सबै मुद्दामा अनावश्यक पौठेजोरीले मुलुक राजनीतिक बन्दी हुन्छ र विकास अनि सुशासनका मुद्दा ओझेलमा पर्छन् । यि विषयमा नेपाली राजनीतिज्ञलाई ज्ञान नभएको पक्कै होइन । तर, चरित्र भने इतिहासमा यो भएको थियो, त्यो भएको थियो भनेर विगतबाट पाठ सिक्नै नचाहने प्रवृत्ति हावी हुन थालेको देखिन्छ । यसको गतिलो उदाहरण हो संसद विघटनको विषय । तीन वर्ष पहिले तत्कालिन नेकपाका अध्यक्ष अर्थात अहिले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको श्रङ्खला नै चलाए ।

उनले पटक–पटक संसद विघटन गरे तर सर्वोच्च अदालतले उनको निर्णयमा रोक लगायो । यि नै घटना नेपाली राजनीतिमा अहिले पनि नेताहरुको मुख्य आरोप प्रत्यारोको विषय बन्छन् ।

शीर्षस्थ नेताहरुले सधैं एउटै विषयमाथि घोचपेच, आरोप प्रत्यारोपमा यसरी समय विताउने स्वभाविक नै भइसक्यो । विगतमा घटेका घटनालाई कोट्याउँदैै बस्ने, त्यसैमा जुहारी खेली रहने स्वभावले मुलुकलाई के फाइदा गर्छ ? के यस किसिमको स्वभावले मुलुकलाई अग्रगमनको बाटोतर्फ डो¥याउँछ ? शीर्ष नेताहरुले विगतमा भएका, घटेका घटनाको समीक्षा गर्नु नै पर्छ तर जनताका मुद्दाप्रति वेप्रवाह बन्दै प्रतिष्ठाको लडाइमै दिन विताउने हो भने अब प्रश्न गर्ने बेला भएको छ आखिर राजनीति के कालागि ?

नेताहरु राजनीति कुन उद्देश्यले गर्छन् ? समाज रुपान्तरण र सुव्यवस्थापनकालागि हामी राजनीतिमा होमिएका हौं भन्ने नैतिकता झगडीया अनि पश्चगमन प्रवृतिले दिन्छ त ? कुनै पनि घटनाको प्रभावको समीक्षा गर्नु स्वभाविक हो तर दलगत र व्यक्तिगत स्वार्थ पूर्तिकालागि जनभावनासँग खेलवाड गर्ने, बेमौसमी बाजा बजाएझै पुराना घटनालाई अनावश्यक जोडेर राजनीतिक खेल खेलिरहने प्रवृतिको अन्त्य कहिले हुने ?

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *