
काठमाडाैँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारण देखाएर स्थगित गरिएको सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछाडि अर्थात् ३ बजेका लागि सारेका थिए । नेकपा एमालेसँग छलफलपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिने तयारी रहेकाे बताइएकाे थियाे ।
तर बैठक बस्दै नबसी स्थगित भएकाे छ । अब प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो ३ बजेका लागि तय गरिएकाे छ ।