
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ । मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
आज वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयको बजेटबारे छलफल गरिने कार्यसूची छ ।
यी मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको १७ खर्ब ५१ अर्बको बजेट संसदबाट बहुमतले पारित गरिसकेको छ ।