प्रतिपक्षीकाे बहुमत नपुग्ने भन्दै मुख्यमन्त्री नियुक्त नगर्न ध्यानाकर्षण

प्रतिपक्षीकाे बहुमत नपुग्ने भन्दै मुख्यमन्त्री नियुक्त नगर्न ध्यानाकर्षण

  • तारा आचार्य

विराटनगर  । नेकपा एमाले र राप्रपा कोशी प्रदेशले प्रतिपक्षी गठबन्धन दलहरुले ल्याएको संख्यामा मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

आज तथ्य, प्रमाण र विश्लेषणको आधारमा सभामुख पदमा आसिन व्यक्ति निष्पक्ष र तटस्थ भूमिकामा रहने हुँदा कुनै निश्चित दलको संख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत पुर्याएको भनी संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनका लागि दावी पेश भई आएमा मुख्यमन्त्री नियुक्त नगर्नका लागि भन्दै प्रदेश प्रमुखसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छन्।

उनीहरुले अहिले कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतम कुनै पनि दलको सदस्य नभएर र उनको नाम सरकार गठनका लागि संख्यामा गणना नगर्न समेत माग गरेका छन् । यसाे गर्न संविधान, कानुन, संसदीय मुल्य-मान्यता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्त एवं अभ्यास विपरीत हुने र स्वयम् सभामुखको गरीमामा समेत गम्भीर ख्याल गर्नुपर्ने सो पत्रमा उल्लेख गरिएको छ ।

कोशी प्रदेशमा नयाँ मुख्य मन्त्रीको दावी गर्न कांग्रेससहितकाे गठबन्धन आज प्रदेश प्रमुखकहाँ जाने तयारी रहेको बताइएकाे छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *