प्रतिभाका विद्यार्थीका लागि अभिमुखीकरण

पोखरा । बैंकर मनोजकुमार ज्ञवालीले भविष्य हेरेर विषय छान्न विद्यार्थीलाई सुझाएका छन् । उपयुक्त विषय छनोटले भविष्य निर्धारण गर्ने उनको भनाइ छ ।
प्रतिभा माविले कक्षा ११ मा भर्ना भएका व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि शुक्रबार आयोजना गरेको स्वागत तथा अभिमुखीकरणमा उनले भविष्य जुन विषयमा देखिन्छ, त्यही विषयलाई अध्ययन गर्न सुझाएका हुन् । खासमा एसइई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ मा कुन विषय छनोट गर्ने भन्ने निकै नै अन्योल हुने गर्छ । बेलैमा अग्रजको उचित सल्लाह नपाउँदा कतिपय विद्यार्थी फरक विषय अध्ययन गर्न पनि पुग्छन् । नबिल बैंकका डेप्युटी सिइओ ज्ञवालीले भने, ‘सबै विषयमा उत्तिकै भविष्य छ तर व्यवस्थापन सबै क्षेत्रका लागि आवश्यक पर्ने विषय हो ।’ ज्ञवालीले अबको ७÷८ वर्षको अध्ययन समयले विद्यार्थीको बाँकी समय उज्जवल बन्ने बताए । ‘व्यबस्थापनमा सबैतिर अवसरै अवसर छ ।

विद्यालय प्राचार्य किरण सापकोटाले अबको २ वर्ष जीवनको महत्वपूर्ण समय भएकोले खेर नफाल्न र समयको महत्व बुझेर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । उनले यो दुइवर्षको मेहनतले जीवन नै सुखी हुने बताए । प्रतिभा माविले संसारभरका लागि प्रतिस्पर्धी विद्यार्थी तयार पार्ने गरेको प्राचार्य सापकोटाको दाबी छ ।
‘अन्तर्राष्ट्रिय स्पर्धामा प्रतिभा विद्यार्थी अब्बल ठहरिएका छन,’ उनले भने, ‘करिब ३२ सय विद्यार्थीले अध्ययन गर्ने विद्यालय हो । यो सबैको मेहनतले सफल भएको हो, प्रतिभाका सबै विद्यार्थीमा कुनै न कुनै प्रतिभा छ ।’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण पौडेलले विद्यार्थीले भविष्य कता लैजाने भन्ने अबको अध्ययनले बताउने बताए । विद्यालयले विद्यार्थीका लागि नौलो र रचनात्मक कार्यक्रम गर्दै लैजाने उनले बताए । गुणस्तर कायम गर्नमा विद्यालयले कुनै कन्जुँस्याइ नगर्ने उनको भनाइ छ ।

त्यस अवसरमा प्रतिभा रत्न सम्मान स्वतिका पराजुलीलाई सम्मान गरिएको थियो । यसपालि एसइईमा जिपिए ४ ल्याएकी प्रनिशा तुलाचनलाई पनि सम्मान गरियो ।

पोखरा समागृहमा भएको समारोहमा गायक शिव परियारले गीत गाएर विद्यार्थीलाई मनोरञ्जन दिलाएका थिए । शुक्रबार व्यवस्थापन र होटल व्यवस्थापन विषयमा विद्यार्थी स्वागत र अभिमुखीकरण भएकोमा शनिबार विज्ञानका विद्यार्थीका लागि यस्तै प्रकृतिको कार्यक्रम हुने प्राचार्य सापकोटाले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top