
गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ र विद्यालय सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद पौडेलले वार्षिक खेल कार्यक्रम उद्घाटन गरे ।
प्राचार्य किरण सापकोटाका अनुसार ब्याडमिन्टन, टेबलटेनिस, भलिबल र बास्केटबलका प्रतियोगिता सञ्चालन हुनेछन् । कक्षा ११ र १२ का छात्र तथा छात्राले विभिन्न समूह बनाएर प्रतिस्पर्धा गर्ने सापकोटाले बताए ।
गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले नयाँ र प्रतिभावान खेलाडी उत्पादन गर्न विद्यालयमा हुने यस्ता गतिविधिले सघाउने बताए । खेलकुद मार्फत आत्मियता पनी बढाउने उनले बताए । ‘पोखरामा यति धेरै स्कुल–कलेज छन की जहाँ शैक्षिक पाटो मात्र नभई खेलकुदलाइ पनि उत्तिकै महत्व दिइन्छ,’ गुरुङले भने । उनका अनुसार पछिल्लो समय युवामा बास्केटबल खेल लोकप्रिय बन्दै गएको छ ।
विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले प्रतिभाले खेलकुदको क्यालेन्डर नै बनाएर खेल गतिविधि गर्दै आएको बताए । ‘खेलकुद बिना अनुशासन पनि हुदैन । स्वस्थ जीवन बनाउने आधार नै खेलकुद हो,’ पौडेलले भने, ‘खेलकुदबाट अघि बढ्ने अवसर पनि छ । त्यसैले खेलकुदलाई विद्यालय तहमै प्राथमिकता दिने गरिएको छ ।’ विद्यार्थी भित्र लुकेको खुबी देखाउने एउटा अवसर खेलकुद रहेको उनले बताए । उनले पनि खेललाई निरन्तरता दिने हो भने मान्छे स्वस्थ बन्ने बताए ।