
काठमाडौं । नेकपा माओवादादी केन्द्रका नेता तथा प्रदेश सांसद इन्द्र बहादुर आङ्वोले शान्ति सुरक्षाजस्तो आधारभूत आवश्यकतालाई थाँति राखेर जतिसुकै ठूलो विकास गर्न खोजेपनि त्यो सम्भव नभएको टिप्पणी गरेका छन् ।
माओवादी केन्द्र प्रदेश संसदीय दलका नेतासमेत रहेका उनले प्रदेशसभाको बैठकमा बोल्दै उनले हालको विकासको पहिलो सर्त शान्ति सुरक्षा भएको सरकारले भुल्न नहुने बताएका हुन् ।
उनले धरासायी आर्थिक अवस्थालाई सम्हालेर रोजगारी र उत्पादनमा जोड दिएर जानेक्रममा आधारभूत प्रश्न शान्ति सरक्षा हुने बताउँदै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘हामी समृद्धिको बाटोमा छौँ । अहिलेको धरासायी अर्थतन्त्रलाई सम्हालेर आर्थिक समृद्धिको बाटोमा खासगरी रोजगारी र उत्पादनमा जोड दिएर अघि बढ्न चाहिरहेका छौँ । यस्तो बेला आधारभूत प्रश्न भनेको शान्ति सुरक्षा हुन्छ । जनतालाई खुसी र सन्तुष्ट पर्ने हुन्छ ।’
नेता आङ्वोले मूल राजनीतिक मुद्दामा एक ठूलो समूदाय नै फरकमतका साथ उभिए विकास र समृद्धिको नारा केवल आदर्शमात्रै हुने तर्क गर्दै कार्यान्वयन हुन नसक्ने बताए ।
उनले नागरिक तहमा उठेका असन्तुष्टिहरुलाई सम्बोधन गरिनुपर्ने बताए ।
‘अहिले ढुंगा हानिरहेका साथीहरु हुन् वा ढुंगा छेकिरहेका साथीहरु हुन् । हामी सबैको अभिभावक भनेको सरकार हो । हामीले केन्द्रीय सरकारको जिम्माहो गृहमन्त्रालयको जिम्मा हो भनेर फर्काएर धर पाउँदैनौँ,’ उनले भने, ‘यो हामीले सिर्जना गरेको समस्या हो । हामीले नै यसको समाधान दिनुपर्छ ।’