प्रधानमन्त्रीको इटाली भ्रमण, खाद्यन्नमा रणनीति के ?

प्रधानमन्त्रीको इटाली भ्रमण, खाद्यन्नमा रणनीति के ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ साउन ७ गते गतेदेखि इटाली भ्रमणमा जाने भएका छन् ।

संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेशन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुनका लागि प्रधानमन्त्री प्रचण्ड इटाली जाने भएका हुन् ।

मानिसका लागि आहार पहिलो सर्त हो । सन्तुलित आहारको विषयमा पक्षपोषण गरिने युगमा खाद्यान्न संकटको अवस्था आउने संकेत देखा पर्नु आफैमा दुखद् विषय हो ।

विश्वमा देखिएको विवाद र त्यसको सेरोफेरोमा हुन लागेको सम्मेलनमा नेपालले आफ्नो उपस्थिति कस्तो बनाउनुपर्ला त ?

विश्वका धेरै मुलुकहरु खाद्य संकटबाट गुज्रिने त होइनन भन्ने आशंका व्याप्त छ ।

पछिल्लो समय रुसले ब्ल्याक सीबाट खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।

यसले विश्वभर मकै र गहुँको अभाव सिर्जना हुने र महंगी बढ्ने चिन्ताहरु देखिएका छन् ।

यस्तो अवस्थामा संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजित युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा प्रधानमन्त्री भ्रमण सुनिश्चित गरिएको छ ।

खाद्यान्न संकटको जोखिम बढेको अवस्थामा समिटमा प्रतिनिधि बन्दा नेपालको भूमिका के हुन सक्छ ? यो महत्वपूर्ण प्रश्न हो ।

नेपाललाई कृषी प्रधान मूलुक भनिएपनि खाद्यान्न निर्यात गर्नैपर्ने अवस्था छ ।

चामल, गहुँ, मकै, कोदो लगाएत खाद्यान्न नेपालले भारत लगाएत मुलुकबाट आयात गर्दै आएको छ ।

नेपालको जमिन बाँझो नै रहने र किसानहरुले समयमै मल, बिउबिजन तथा आवश्यक सामाग्री पाउन नसकेका बेला प्रधानमन्त्री प्रचण्डले गर्ने भएनिएको यो भ्रमण अर्थपूर्ण मानिएको छ ।

खाद्यान्न संकट र कृषि उत्पादनमा आएको ह्रासलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने यो कार्यक्रममा नेपालको सहभागीता कस्तो हुने ? नेपालका रैथाने बालीहरुको प्रवर्द्धन विश्व बजारमा कसरी गर्ने ?

किसानले भोग्ने समस्यामा विश्व समूदायको ध्यान कसरी आकृष्ट गर्ने लगाएत विषय हाम्रा सरोकारका विषय हुन् ।

नेपालमा पाइने कृषि बालीमात्रै नभएर जडिबुटी तथा औषधीयुक्त गुण भएका विभिन्न वनस्पतिको विषयमा अन्तर्राष्ट्रिय फोरममा कसरी स्थापित गराउन सकिन्छ भन्ने ध्यान सरकारले दिनुपर्नेछ ।

नेपाली कांग्रेसका नेता तथा सांसद उदय शमशेर राणाले नेपालले यस्ता महत्वपूर्ण सम्मेलनहरुमा दरिलो उपस्थिती देखाउनुपर्ने र प्रधानमन्त्रीको भ्रमणलाई उपलब्धिपूर्ण बनाउनुपर्ने सुझाव दिएका छन् ।

सम्मेलनमा जाने र अन्य देशहरुका कुरा मात्रै सुनेर फर्किने हो भने यस्तो भ्रमणको औचित्य पुष्टि नहुने तर्क उनको छ ।

नेपालको कृषी प्रणालीलाई सुधार गर्न पनि यस्ता सम्मेलन प्रभावकारी बन्नुपर्छ । कृषि क्रान्ति गरेका मुलुकहरुका अनुभव र नेपालको माटोमा उत्पादन हुने वस्तुलाई विश्वव्यापीकरणको ध्येय अबको एजेण्डा बन्नुपर्ने देखिन्छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *