‘प्रधानमन्त्री प्रचण्डको राजीनामा त कल्पना नै गर्न सकिँदैन’

‘प्रधानमन्त्री प्रचण्डको राजीनामा त कल्पना नै गर्न सकिँदैन’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न पनि नसकिने बताएका छन् ।

बिहीवार बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले दिएको अभिव्यक्तिका बारेमा संसदमा आफ्ना धारणा राख्नेबारे छलफल भएको बताए । भावनात्मक विषयवस्तुलाई अर्कै प्रसंगमा बोलिएका व्यक्तिगत कुरालाई लिएर सदन अवरुद्ध गर्नु उचित नभएको, बाहिरको विषयवस्तुलाई संसदमा ल्याएर एकैपटक प्रधानमन्त्रीको राजिनामा माग्नु अनौठो कुरा रहेको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीज्युले राजिनामा गर्नुपर्छ भन्नेकुरा आयो, त्यो त कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको हो भन्नेबारेमा प्रधानमन्त्रीज्युले संसदमा आफ्ना विषयवस्तु राखिहाल्नुहुन्छ । यो एउटा भावनात्मक विषयवस्तु कतै अर्कै प्रसंगमा व्यक्तिगत कुरा त्यो पनि धेरै वर्ष पहिलाको कुरा ल्याएर जसरी गरियो, यो बेठिक कुरा हो । सदनमा प्रधानमन्त्रीले आफ्ना कुरा राख्ने, प्रधानमन्त्रीले के भन्नुभएको थियो भन्ने विषयवस्तु नआइकन एउटा कहीँ भएको विषयवस्तुलाई एकै पटक संसदमा ल्याएर राजीनामा माग्ने अनौठो कुरा भयो । यसबारेमा प्रधानमन्त्रीले बोल्ने संसदमा, प्रधानमन्त्रीले संसदमा बोल्न नपाउने भए कसले पाउने हो ।’

बालुवाटारमा बसेको गठबन्धनको बैठकले अभिव्यक्तिकै कारण प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको छ । साथै यस विषयलाई लिएर प्रतिपक्षी एमालेले संसद अवरोध गर्नु र राजीनामा माग्नु असंसदीय अभ्यास भनी गठबन्धनदे ठहर गरेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *