प्रधानमन्त्री प्रचण्डको साथमा ५ जना मन्त्री भारत भ्रमणमा जाने

प्रधानमन्त्री प्रचण्डको साथमा ५ जना मन्त्री भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हुन लागेको भारत भ्रमणमा ५ जना मन्त्री सहभागी बन्ने भएका छन् ।

सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेट संसदमा प्रस्तुत गर्नुअघि बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री प्रचण्ड यहिँ जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणको टोली निर्माण भएको बताइन् ।

उनका अनुसार टोलीमा प्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित ५ जना मन्त्रीहरु सहभागी हुनेछन् ।

मन्त्रिपरिषदबाट प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत भएको पनि उनले बताइन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *