प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि तत्काललाई टर्‍यो सत्ता-सङ्कट

प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि तत्काललाई टर्‍यो सत्ता-सङ्कट

काठमाडौँ । संसदमा प्रतिपक्ष भन्दा धेरै बजेटको विरोधमा कुनै दल थियो भने त्यो नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी हुन् । बजेट मितव्ययी नभएको भन्दै यी दुई दलका सांसदहरुले संसदमा सबैभन्दा बढी विरोध जनाएका थिए । अध्यक्षले मत दिए पनि बजेट संशोधन नभए आफूहरुले बजेटको विपक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादीका सांसदहरुले बताएका थिए । तर अन्त्यमा किन बजेटका पक्षमा मतदान गरे त ?

बुधबार बिहान ११ बजेसम्म पनि सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरु यथास्थितिमा बजेट पास गर्न नहुने पक्षमा थिए । सत्तारुढ एकीकृत समाजवादीका सांसदहरुले त गएको बिहिबार संसदीय दलको बैठक बसेरै बजेट संशोधन नगरे विपक्षमा मतदान गर्ने चेतावनी दिएका थिए । बजेट प्रधानमन्त्री, पहुँचवाला मन्त्री र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित भएको उनीहरुको भनाई थियो । यसअघि जसपा अध्यक्ष उपेन्द्र यादव स्वयमंले पत्रकार सम्मेलन मार्फत बजेटले अन्य दलहरुलाई उपेक्षा गरेको भन्दै संशोधन नगरेसम्म पक्षमा मतदान गर्न नसकिने बताएका थिए ।

सरकारमै सहभागि नेकपा एस र जसपा बजेटको विपक्षमा उभिएपछि बजेट पास हुने अवस्था बनेन । बुधबारको संसद बैठक शुरु भइसक्दा पनि जसपाका सांसदहरुलाई मनाउन नसकिएको भनी जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई पार्टी संसदीय दलको बैठकमै आमन्त्रण गरेका थिए । जसपाले मत नदिए १ सय ३८ मत नपुग्ने अवस्था भएपछि प्रधानमन्त्री प्रचण्ड जसपाको बैठकमै पुगेर बजेट मिलाएर बाँडिने आश्वासन दिए । संसदीय व्यवस्थामा सरकारले संसदमा पेश गरेको बजेट होस या नीति तथा कार्यक्रम यसलाई संशोधन गर्ने परम्परा छैन । संशोधनको आवश्यकता देखिए मन्त्रिपरिषद्बाट सच्याउने गरिन्छ । यस्तोमा सत्ता पक्षकै सांसदहरुले बजेट संशोधनका लागि दिएको दबाबले राजनीतिक बृतमा तरंग मच्चियो । अन्ततः प्रधानमन्त्रीको आश्वासनपछि नेकपा एस र जसपाले बजेटका पक्षमा मतदान गर्‍यो ।

जसपा र नेकपा एसको साथले प्रतिनिधिसभाबाट बजेट त बहुमतले पारित भयो तर, मौसम जस्तै बदलिरहने नेपाली राजनीतिज्ञको चरित्रमाथिको विश्वसनियता भने झनै घटेर गएको छ । प्रधानमन्त्रीले दोस्रो पटक पाएको विश्वासको मत भन्दा पनि कम मत परेपछि सरकारप्रतिको विश्वसनीयता घट्दै गएको छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *