प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको प्राथमिकता के ?

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको प्राथमिकता के ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक नेपालको प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाट गरे ।

भारतलाई खुशी पार्नका लागि प्रचण्ड चीनको बोआओ सम्मेलनमा समेत गएनन् । तीन महिनाअघि भारत गरी ऊर्जा सम्बन्धी सहमति गरेका प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणको तयारी गरेका छन् । राष्ट्रसंघको महासभामा भाग लिएर उतैबाट चीन जाने उनको तयारी छ । प्रधानमन्त्रीको चीन भ्रमणको प्राथमिकता के हो त ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सेप्टेम्बर २० अर्थात असोज ३ गतेदेखि अमेरिकाको न्यूयोेर्कमा हुने राष्ट्रसंघीय महासभामा भाग लिनका लागि भ्रमणमा निस्किँदैछन् । पाँच दिने अमेरिका भ्रमणपछि प्रचण्ड उतैबाट चीन भ्रमणमा जाँदैछन् ।

दक्षिणी छिमेकी मुलुक भारत भ्रमणपछि मात्रै उत्तरी छिमेकी मुलुक भ्रमणको प्राथमिकतामा राखेका प्रचण्डको आगामी चीन भ्रमणबारे चासो बढेको छ ।

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कार्यान्वयनपछि प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण हुन लागेका हुन् ।

निकै तनावपूर्ण अवस्थामा एसीसी परियोजना सांसदबाट पास गरिए पनि कार्यान्वयनको चरणमा भने नेपालको प्रगतिप्रति अमेरिका निकै खुशी छ । भदौ १३ गते बुधबारदेखि एमसीसी परियोजना औपचारिक कार्यान्वयनमा जाँदैछ ।

अमेरिका भ्रमणपछि उतैबाट प्रचण्ड चीन भ्रमणमा जाने भएका हुन् । प्रधानमन्त्री चीन भ्रमणमा जाने भएपछि सांसदहरुले समेत चासो राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको प्राथमिकताबारे सांसदहरुले चासो राखेपछि मंगलबार प्रतिनिधिसभाको प्रश्नोत्तरमा भाग लिँदै नेपालको सामाजिक आर्थिक विकासका लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने बताएका छन् ।

सरकारले प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा तय गरिसकेको छैन । तर प्रधानमन्त्री प्रचण्डले भने आफ्नो चीन भ्रमणका क्रममा चीन र नेपालबीच नयाँ ब्यापारिक नाका खोल्ने विषयमा सहमति हुने बताएका छन् ।

साथै उनले सडक, उर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा ब्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटीको विषयमा सम्झौताहरु हुने बताएका छन् ।

अमेरिकाको भ्रमणपछि न्यूयोर्कबाट सिधंै चीन भ्रमणमा निस्किन लागेका प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको प्राथमिकता र एजेण्डाहरुकाबारे चासो बढ्न थालेको छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणको गृहकार्य जारी राखेको छ । अमेरिकी परियोजना एमसीसी पारित भई कार्यान्वयनको चरणमा आउँदा चिनियाँ परियोजना बीआरआईकाबारे पनि सवत्र्र चासो बढेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *