प्रभात आधारभूत विद्यालयको ४१ औं वार्षिकोत्सव

प्रभात आधारभूत विद्यालयको ४१ औं वार्षिकोत्सव

पोखरा । प्रभात आधारभूत विद्यालयको ४१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । पोखरा १८, सराङकोटस्थित उक्त विद्यालयको वार्षिकोत्सवसँगै अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम एवं विविध सांस्कृतिक कार्यक्रम भए । प्रमुख अतिथि पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले विद्यालय गरेका गतिविधि देखेर आपूm खुसी भनोबे भन्दै वडाले गर्नुपर्ने सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । उनले विद्यालय अझ राम्रो बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने सुझाव दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ आशीष तिमिल्सिनाले विद्यालयको प्रगति विवरण र भावी योजना प्रस्तुत गरे । विद्यालयमा १८ लाख ६५ हजार राशिको अक्षयकोष स्थापना भएको जनाए ।

सो अवसरमा अक्षयकोष दाता झपटबहादुर थापा, सीता थापा, कर्मफ्लाइट फाउन्डेसन, पूजा पहारी, भगवती पराजुली, झलककुमारी पहारी, शिवप्रसाद सुवेदी, गोमा थापा, कृष्णबहादुर थापा, निशा थापा, पूर्व शिक्षक मनु पंगेनी, उत्कृष्ट अभिभावक पार्वती तामाङ, विष्णुप्रसाद गौतम र वर्ष विद्यार्थी लम्सन बिक (कक्षा ५), सम्मानित भए ।

कार्यक्रममा वडा सदस्य रमेशबहादुर थापा, शिक्षक अभिभावक संघ अध्यक्ष तारा गुरुङ दर्जी, अभिभावक कोपिला थापा, सिर्जना आधारभूत विद्यालयका प्रअ अनिता सुवेदी, छहरी आमा समूह अध्यक्ष पशुपति थापा, कर्मफ्लाइट फाउन्डेसनका निर्देशक प्रेम कुँवर, अम्बिका ममता क्लब अध्यक्ष कृष्णबहादुर थापा, सुनगाभा सहकारी अध्यक्ष कृष्णबहादुर थापा, शिक्षक पार्वती कोइराला, शान्त मावि प्रअ कृष्णप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए । यस्तै, सेदी बगर आमा समुह अध्यक्ष यमकुमारी पहारी, पूर्व गाविस अध्यक्ष झपटबहादुर थापा, बगर टोल विकास संस्था अध्यक्ष राजु थापा, अक्षयकोष दाता शोभा पहारी, विद्यार्थी ईश्वरीमाया श्रेष्ठ, आदित्य पहारी, आयन थापा, पूर्व विद्यार्थी सूर्यबहादुर थापा लगायतले बोलेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *