
काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरु सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । यस विषयका साथै अन्य समसामयिक विषयमा पनि उनीहरुबीच छलफल भइरहेको जनाइएको छ ।