प्रस्तावित प्रधान्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु, अनुमोदन भए नियुक्ति दिइने

प्रस्तावित प्रधान्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु, अनुमोदन भए नियुक्ति दिइने

काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ ।

बुधबार समितिमा उजुरीकर्तामध्ये सातजनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा उजुरीबारे स्पष्ट पारेका थिए । आज बिहान ८ बजेदेखि सुरु भएको बैठकमा कार्कीले कार्ययोजना प्रस्तुत गर्नेछन् ।

समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन् । समितिको अनुमोदनसँगै उनलाई राष्ट्रपतिले नियुक्त गर्ने छन् । हाल कार्की नै कामु प्रधानन्यायाधीश छन् ।

समितिले बुधबार ७ जना उजुरीकर्तासँग एकल रुपमा र बाँकीसँग सामूहिक रुपमा छलफल गरेको थियो । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।

गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *