प्रिमियरमा मनपराइयो जय हो

प्रिमियरमा मनपराइयो जय हो

आज शुक्रबार अल नेपाल रिलिजमा आउने फिल्म जय होको बुधबार राजधानीको न्युरोडस्थित रञ्जना हलमा प्रिमियर शो गरिएको छ।

प्रियिमर शोका सहभागीले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन्। प्रिमियरमा फिल्म हेर्न अधिकांशले जय होको क्लाइमेक्सको प्रशंसा गरेका छन्। ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले फिल्म राम्रो बनेको तथा अभिनेता बस्नेत र अभिनेत्री केकी अधिकारीको कामले मन जितेको जनाउँदै सिनेमाटोग्राफर सौरभ लामाको काम तारिफयोग्य भएको बताए। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि फिल्म राम्रो बनेको जनाउँदै सबै कलाकारले इमान्दारिताका साथ काम गरेकाले आँखालाई शीतलता र मनलाई शान्ति मिलेको बताइन्। अभिनेता सलिनमान बनियाँले फिल्म मनपरेको र साथी सलोनलाई सपोर्ट गर्न प्रिमियरमा सहभागी भएको बताए। अभिनेत्री तथा निर्मौत्री पूजा शर्माले फिल्म राम्रो बनेको प्रतिक्रिया दिँदै दान्भीको सुटिङ नै छोडेर आएकोमा पछुतो नलागेको बताइन्। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको मुख्य भूमिकामा देखिएका नायक सलोन बस्नेतको अभिनयको प्रशंसा गरे। सलोनले कमेडी फिल्म मात्रै नभई सिरियस क्यारेक्टरलाई पनि न्याय गर्न सक्ने यो फिल्मबाट प्रमाणित गरेको भुवनको भनाइ छ।

सलोन सलिना फिल्म्सको व्यानरमा शोभित बस्नेतद्वारा प्रस्तुत तथा सुरज ल्वागन (सरकार) र राज के अधिकारीद्वारा निर्मित फिल्म टेक पौरखी राईको निर्देशनमा बनेको हो। निर्देशक राई पनि फिल्मबाट बक्स अफिसमा सफल हुने आशमा छन्। केकी र सलोनका साथमा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, प्रेम पाण्डे, कुमार थिङलगायतले अभिनय गरेको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *