प्रेमीसँग भारतमै बस्न दिन राष्ट्रपतिसमक्ष पाकिस्तानी नागरिक सीमाको याचना, पशुपतिनाथमा बिहे गरेको दाबी

प्रेमीसँग भारतमै बस्न दिन राष्ट्रपतिसमक्ष पाकिस्तानी नागरिक सीमाको याचना, पशुपतिनाथमा बिहे गरेको दाबी

नेपाल हुँदै अवैध रुपमा भारत पुगेकी पाकिस्तानी नागरिक सीमा हैदरले अहिले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष दयाको भीख माग्दै निवेदन दिएकी छन् ।

सीमा हैदरले राष्ट्रपतिसँग आफ्ना चार छोराछोरीसहित आफू र प्रेमी सचिन मिणालाई भारत (ग्रेटर नोएडा) मा बस्न अनुमति दिन आग्रह गरेकी छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार सीमाका तर्फबाट सर्वोच्च अदालतका वकिल एपी सिंहले उक्त याचिका दायर गरेका हुन्, जुन शुक्रबार राष्ट्रपतिको सचिवालयले प्राप्त गरेको छ ।

यस याचिकामा सीमाले आफू ग्रेटर नोएडामा बस्ने सचिन मिणासँग प्रेममा रहेको र उनीसँग बस्न भारत आएको बताएकी छन् ।

पाकिस्तानी नागरिक सीमा हैदरले आफूले हिन्दू धर्म परिवर्तन गरी मिणासँग काठमाडौंको पशुपतिनाथ मन्दिरमा हिन्दू संस्कारअनुसार विवाह गरेको दाबी गरेकी छन् । -बीबीसी हिन्दी

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *