प्रेम कहानीमा प्रितको रीत

प्रेम कहानीमा प्रितको रीत

डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्मित नयाँ वेब सिरिज प्रितको रीत सार्वजनिक भएको छ।

सिरिज निर्देशक शंकर कोइरालाले निर्देशन गरेका हुन्। सिरिजको कथा पनि उनी स्वंयमले नै लेखेका छन्। सिरिजको पहिलो एपिसोड ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सिरिजको नामबाट नै प्रेमकहानी झल्किने पहिलो श्रृंखलाले नामअनुसारकै प्रेम र कल्पनाका दृष्य समेटेको छ। एक युवतीलाई दुई युवकले मनपराए पनि प्रेम व्यक्त गर्न नसकेको कथालाई पहिलो श्रृंखलामा प्रस्तुत गरिएको छ। सिरिजमा मुख्य पात्रको भूमिका निर्वाह गरेकी मोडल कविता न्यौपानेको कथा भने अनाथ बालबालिकासँग सम्बन्धित हुन सक्ने छनक श्रृंखलाले दिएको छ।

सार्वजनिक सिरिजमा कलाकार अमर प्रताप श्रेष्ठ र कविता न्यौपाने मुख्य भूमिकामा देखिएका छन्। अमरले यसै सिरिजबाट डेब्यु गरेका हुन्। कविताले भने थुप्रै म्युजिक भिडियोमा काम गरिसकेकी छन्। म्युजिक भिडियोबाट अभिनयको यात्रा शुरु गरेकी कविताको पनि यो डेब्यु सिरिज हो। यसै सिरिजबाट अर्का कलाकार रोबिन सुवेदीले पनि अभिनयको दुनियाँमा पाइला टेकेका छन्। कविता, अमर र रबिनबाहेक सिरिजमा दिलीप केसी, सुजाता पाण्डे, अनामिका लामिछाने, रश्मी भद्म, समिना महर्जुन, उमादेवी बस्नेत कार्की, विजय महर्जन, शीतल श्रेष्ठ, आनन्द विक्रम क्षेत्री, परिचित गिरी, अनुजा जीसीलगायतका कलाकारले अभिनय गरेका छन्।

दिलीप केसीले निर्माण गरेको सिरिजमा एसआरके र दिलीप केसीको संवाद, वे एन्ड बिट्सको शब्द र कम्पोज, अन्तर गीत, बिरजु शाही र राजकुमार सहसंहारको स्वर, दुर्गा पौडेल, अमृत सुनुवार र अंकुर गुरुङको छायांकन, शंकर राज कोइरालाको सम्पादन र टेकेन्द्र शाहको कलर करेक्सन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *