फर्मास्युटिकल एसोसियसन गण्डकीमा प्रकाश

फर्मास्युटिकल एसोसियसन गण्डकीमा प्रकाश

लेखनाथ ।  नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपिए) को गण्डकी प्रदेश अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् ।

एसोसिएसनले ७ ओटै प्रदेशमा कार्यकारी समिति विस्तार गर्ने अवधारणअनुसार गण्डकी प्रदेशस्तरीय समिति गठन गरिएको हो । अध्यक्षमा निर्वाचित वरिष्ठ फर्मासिस्ट पौडेल गण्डकी विश्वविद्यालयको औषधी विज्ञान संकायका संयोजक हुन् ।

एसोसिएसन उपाध्यक्षमा नवराज बास्तोला, सचिव विजय त्रिपाठी, कोषाध्यक्ष कुशल सुवेदी छन् भने सदस्यमा शोभित पौडेल, धु्रवराज पौडेल र महिला सदस्यमा अमृता अधिकारी छन् ।

अधिवक्ता नारायणप्रसाद तिवारीको संयोजकत्वमा गठित निर्वाचनमण्डलमा नेपाल फर्मास्यिुटिकल एसोसिएसन केन्द्रीय अध्यक्ष ललितमोहन पन्त, महासचिव सञ्जीव कट्टेल, प्रचार सचिव सञ्जीव पाण्डे लगायत थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *