फुटको संघारमा सत्ता गठबन्धन !

काठमाडौं । पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकार संकटको घेरामा तानिन थालेको छ । झण्डै सतप्रतिशत मत पाएका प्रचण्ड गठबन्धन फेरबदल र आफ्नै अडानबाट पछि हट्दा सत्ता समस्यामा फस्दै गएको देखिन्छ । पछिल्लो समय बजेटमाथिको असन्तुष्टी देखाएर सरकार फेर्ने अनेक प्रयास सुरु भएको आशंका बढ्दै गएको छ ।

नक्कली शरणार्थी प्रकरणमा कडाईका साथ अनुसन्धान गर्न कस्सिएको प्रचण्ड नेतृत्वको सरकारले गठनको ६ महिनामै अनेक आरोह–अवरोह पार गरिसकेको छ ।

शानदार बहुमतदेखि संसदमा विश्वासको मत नै पाइदैन कि भन्ने आशंकाबाट गुज्रिएको यो सरकार आन्तरिक तथा वाह्य शक्तिको चलखेलमा पर्दा संकटको डिलमा पुग्न थालेको आशंका गर्ने थुप्रै ठाउँ छन् ।

कांग्रेसले नपत्याएपछि बालकोट पुगेका प्रचण्ड सत्तारोहण गर्न सफल त भए ।
तर, उनले एमालेसँग सम्बन्ध तोडेर गठबन्धनमा गरेको फेरबदल र देखाएको राजनीतिक बेइमानीका कारण संकटमा फसेको कतिपयको तर्क रहने गरेको छ । एमालेसँग भएको सहमति लत्याएर विश्वासको मतमा खेलेको कांग्रेसलाई अंगाल्न पुगेका उनी विभिन्न विरोध र आलोचनाको सिकार बन्न पुगेका छन् ।

प्रतिपक्षी बेञ्चमा हुनुपर्ने माओवादी केन्द्र सत्ताको बागडोर सम्हाल्दै गर्दा प्रचण्डले देखाएको राजनीतिक चातुर्यता अब विस्तारै आफ्नैविरुद्ध लागू हुने त होइन ? शंकाको सुविधा यहाँ पनि देखिन्छ । बजेटका कारण गठबन्धनमा देखिएको दरार संस्थागत बन्नेबाटोमा उद्दत देखिन्छ ।

गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्ड नेतृत्वको कम्युनिष्ट सरकार ढालेर एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको नेतृत्वमा सरकार बनाउ लागेको आरोप लगाएका छन् ।

माधव नेपालले सरकारको पक्षमा वकालत गरेजस्तो गरेपनि उनले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय आफ्नो पार्टीबाट गराइसकेका छन् ।

यता, सत्तारुढ ठूलो दल नेपाली कांग्रेसले पनि एमालेसँग सरकार बन्नसक्ने अवस्थालाई नकार्न नसकिने बताउदै आएको छ ।

अझं, कांग्रेस महामन्त्री गगन थापाले त चुनावभन्दा पहिलेको गठबन्धनलाई अप्राकृतिक भन्दै असन्तुष्टी पोख्दै आएका छन् ।

उनले एक कार्यक्रममा बोल्दै ठीक ढंगले सरकार नचले अर्को सरकार बन्ने ठोकुवा नै गरिदिएका छन् ।

यता, एमालेले पनि प्रचण्ड नेतृत्वको सरकार लामो समय नजाने दाबी गर्दै आएको छ ।

सरकारले जनताका काम गर्न नसकेको, प्रधानमन्त्रीले सामान्य प्रक्रिया पनि पु¥याउन नसकेको लगायतका आरोप लगाउदै एमालेले चाहेमा सरकार ढल्ने चेतावनी दिदै आएको छ ।

यसरी हेर्दा मुलुकको राजनीतिमा सरकार फेरबदलका थुप्रै सम्भावनाहरु देखिन थालेका छन् । कांग्रेस पनि समाजवादी मोर्चाका कारण बेखुस देखिन्छ ।
गठबन्धनभित्र मोर्चा किन भन्दै कांग्रेस वृत्तमा प्रश्न उठेको बेला प्रचण्डले शक्ति संघर्ष चर्काउने देखेपछि कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने पक्षमा समेत प्रयास थालिरहेको छ ।

नक्कली शरणार्थी प्रकरणबाहेक काममा प्रचण्ड विवादमा परेका छन् । त्रिविका उपप्राध्यापक प्रकरणमा होस वा अन्य सार्वजनिक विषयमा किन नहोस् ।

देखिने गरि विरोध हुने गरेको छ । प्रतिपक्षीले पनि आक्रामक विरोध गर्दा जनतामा प्रचण्ड सरकारप्रति त्यति धेरै सहानूभूति नरहने डर उत्तिकै छ ।

नागरिकता प्रमाणीकरणका कारण तराई मधेसमा देखिएको खुशी पनि यो सरकारले देखाउन नसकेको अवस्थामा सरकार संकटतर्फ उन्मुख रहेको देखिन्छ ।
जसकारण कांग्रेस एमालेको नेतृत्वमा सरकार बन्ने र गठबन्धनको दरार संस्थागत रुपमै सतहमा नआउला भन्न सकिन्न ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top