फेक अडियो बनाएर मेरो चरित्र हत्या मात्र हैन बलात्कारै गरियो : आरजु राणा

फेक अडियो बनाएर मेरो चरित्र हत्या मात्र हैन बलात्कारै गरियो : आरजु राणा

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्र हत्या गरिएको बताएकी छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा फेक अडियो बनाएर आफ्नो चरित्र हत्या गरिएको बताएकी हुन् । उनले सो अडियो छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन प्रहरीमा निवेदन दिएको भए पनि हालसम्म छानबिन नभएको भन्दै असन्तुष्टि व्यक्त गरन् ि। सो प्रकरणमा आफ्नो नाम जोडिएको टेपको सत्यतथ्य उजागर गर्नुपर्ने उनको माग छ ।

‘आज म यहाँ उपस्थित भएको त सबैले देखिरहनुभएकै होला । म फिजिकल फर्ममा यहाँ छु । र म यसपटक के पनि भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्यूज र फेक मिडियाको एउटा पराकाष्ठा पुगिसकेको रहेछ,’ उनले भनिन्, ‘म त्यति सोसल मिडियामा एक्टिभ छैन । तर यो देख्दाचाहिँ मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनुपर्यो । मैले छ दिन अगाडी फेक अडियो मेरो नाम लिएर बनाइएको भुटानी शरणार्थी प्रक्रियामा संलग्न भनेर बनाइएको फेक अडियो मैले फरेन्सिक टेस्टका लागि सिबिआई र साइबर क्राइम सेलमा दिएकी थिएँ । दर्ता गर्न पनि मानिएको थिएन । यहाँ साथीहरुले विश्वास गर्नुहुन्न होला । सत्ता पक्षको यत्रो ठुलो नेताको श्रीमती भनेर । ३ घण्टा लाग्यो त्यो दर्ता गराउन । त्यसको जवाफ म गृह मन्त्रालयबाट सिक गर्न चाहन्छु । अलमल किन थियो दर्ता गर्न ? ६ दिन हुँदापनि यो फेक हो कि होइन ? भनेर किन बताउन सकेको छैन ?’

फेक अडियो आफ्नो मात्रै नबनेको भन्दै उनले अरु अरुको पनि बनेको दाबी गरिन् । उनले भनिन्, ‘तर नाम मेरो मात्रै उच्चारण किन हुन्छ ? म साँच्चै भन्ने हो भने एज अ वुमन यो एउटा क्यारेक्ट असानीसेसन होइन । दिस इज अ रेप अफ माइ क्यारेक्टर । र म यो एकदम कडाइका साथ भन्छु- महिलालाई राजनीतिमा आउँदाखेरी सबैकुरा हामीले व्यहोर्न सक्नुपर्छ । म व्यहोरिरहेको छु । तर यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस् यो देशमा । यो भन्दा अगाडीपनि धेरै महिलालाई आत्महत्या गर्न फोर्स गरेको छ मिडियाले । सरकारले यो टेपको सत्यतथ्य उजागर गरोस् । र अरु जसको नाम आएको छ को दोषि हो ? को होइन प्रष्टकासाथ आउनुपर्छ ।’

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *