फेरि सत्ता संकटमा

फेरि सत्ता संकटमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार तीन दिनदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

सरदार प्रितम सिंहका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिब्यक्तिलाई लिएर अहिले एमाले र माओवादी नेताहरु एक अर्काबीच आरोप प्रत्यारोपमा उत्रिएका छन् भने यहि विषयलाई दिएर सत्ता संकट उत्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक सरदार प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिब्यक्तिले सत्ता संकट उत्पन्न भएको छ ।

प्रधानमन्त्रीले दिएको अभिब्यक्तिलाई दिएर एमालेले राजीनामाको एक सुत्रीय माग राख्दै संसद चल्न दिएको छैन ।

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भनी एमालेले राखेको माग असंसदीय भएको भन्दै राजीनामा दिनुपर्ने सत्ता गठबन्धनले औपचारिक निर्णय नै गरेको थियो । तर गठबन्धनको यस्तो निर्णय आए पनि प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसकै नेताहरु प्रधानमन्त्रीको अभिब्यक्तिप्रति दुखित भएका छन् ।

विराटनगर पुगेका कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीको अभिब्यक्तिले संसदको गरिमा र नेपाली जनतालाई समेत ठेस पु¥याएको बताए ।

प्रधानमन्त्री बन्न र नेपालको सरकार सञ्चालनका लागि भारतीय आर्शिवाद चाहिने भावको प्रधानमन्त्रीको अभिब्यक्तिप्रति एमालेले विरोध गरिरहँदा माओवादीले आफूहरु मात्र होइन, एमाले पनि उस्तै हो भन्ने भावसहितको वक्तब्य दिएको छ ।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले विहीबार विज्ञप्ति जारी गर्दै एमालेलाई ‘रअ’को एजेन्टदेखि संविधान विघटन गरेको आरोप लगाएका थिए ।

ओलीले शुक्रबार एक कार्यक्रममा बोल्दै ‘रअ’का एजेण्डलाई आफूले भेटेको स्वीकार गरेका छन् । योसँगै प्रचण्डले हालै गरेको भारत भ्रमणका क्रममा रअ’का एजेण्डलाई गोप्य रुपमा भेट गरि निमन्त्रण दिएको दाबी गरेका छन् ।

एमालेले तीन दिनदेखि लगातार संसद अवरुद्ध गरेपछि प्रधानमन्त्री प्रचण्डले संसदमा प्रष्टीकरण दिने गठबन्धनले निर्णय गरिसकेको छ । तर एमाले भने संसद चल्नै नदिने रणनीतिमा छ ।

नेपालको सरकार नेपालको संसदले बनाउँछ कि बाहिरबाट ? भनेर सांसदहरुले राखेका जिज्ञासाको प्रधानमन्त्रीले जवाफ दिनका लागि पनि संसद चल्न दिनुपर्ने भन्दै राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शुक्रबार एमाले सांसदहरुलाई सचेता गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डको अभिब्यक्तिप्रति एमाले मात्र नभई अन्य विपक्षी दलहरुले पनि विरोध गरिरहेका छन् । विपक्षी दलहरुले विरोध गरि संसद नै चल्न दिने रणनीति बनाइरहँदा कांग्रेस नेताहरुले पनि प्रचण्डको अभिब्यक्ति त्रुटीपूर्ण भनिरहेका छन् ।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्रको किचलो सत्ता राजनीतिमा पनि देखिने भएको छ । खासगरी कांग्रेस संस्थापन इतर पक्षले प्रधानमन्त्रीको अभिब्यक्तिविरुद्ध दिएको अभिब्यक्तिले पनि सत्ता संकट गहिरिएको मान्न सकिन्छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *