फोटो-भिडियो प्राप्त भए ट्राफिक नियम उल्लंघनकर्तामाथि कारबाही हुने  : कपिलवस्तु प्रहरी

फोटो-भिडियो प्राप्त भए ट्राफिक नियम उल्लंघनकर्तामाथि कारबाही हुने  : कपिलवस्तु प्रहरी

कपिलवस्तु, जेठ १० — जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले हाल बढ्दो सवारी दुर्घटना र त्यसबाट जनधनको क्षति न्यूनीकरण गर्न तथा ट्राफिक व्यवस्थापनलाई थप चुस्त, प्रभावशाली र प्रविधिमैत्री बनाउन आम नागरिकलाई सहयोग गर्न अपिल गरेको छ।
प्रहरी कार्यालयका अनुसार, जिल्लाभित्रका कुनै पनि स्थानमा सवारी साधनले ट्राफिक नियम उल्लंघन गरेको देखिएमा त्यसको विवरण — जस्तै उल्लंघन भएको मिति, समय, स्थान, सवारी साधनको नम्बर स्पष्ट देखिने फोटो वा भिडियो — जिल्ला ट्राफिक प्रहरी कार्यालय, कपिलवस्तुको इमेल dtpokapilvastu@gmail.com वा मोबाइल नम्बर ९८५७०४९०३६ मा Whatsapp मार्फत पठाउन अनुरोध गरिएको छ।
प्रहरीका अनुसार प्राप्त भएका तस्बिर वा भिडियोका आधारमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई खोजी गरी कानुनी कारबाही गरिनेछ। साथै, यस्ता जानकारी दिने व्यक्तिको विवरण गोप्य राखिने र सम्बन्धित पक्षलाई आवश्यक जानकारी प्रदान गरिने बताइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, कपिलवस्तुले नागरिक सहकार्यद्वारा ट्राफिक नियम पालना गराउँदै सुरक्षित यातायात प्रणाली निर्माणमा योगदान पुर्‍याउन आग्रह गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *