बगान करिश्माको जीवनसँग मिल्छ : सरोज खनाल

बगान करिश्माको जीवनसँग मिल्छ : सरोज खनाल

पोखरा । ख्यातिप्राप्त अभिनेता तथा रंगकर्मी सरोज खनालको डेब्यु निर्देशनमा बनेको फिल्म बगानको टोली यतिबेला देश दौडाहमा निस्किएको छ।

आगामी शुक्रबारबाट देशभर रिलिज हुने फिल्मबारे दर्शकलााई जानकारी दिन खनालसहितको टोली दौडाहामा क्रममा पोखरामा साक्षात्कार भयो। फिल्मको टोलीले नेपाली सिने जगतमा पुरुषवादी हुकुम चलिरहँदा आफूहरुले महिलालाई प्राथमिकता दिएको जनाएको छ। फिल्मको अभिनेता तथा निर्देशक खनालले आफूले फिल्ममा पाइला राखेदेखि हालसम्म हरेक फिल्मको मुख्य भूमिकामा पुरुष हुने गरेको स्मरण गरे। कथा र प्रस्तुति पुरानै शैलीको हुँदै आइरहँदा आफूहरुले बगानमा नयाँपन दिएको दाबी गर्दै खनालले आपूmले महिला पात्रलाई प्रमुख पात्रको रुपमा अघि बढाएको जानकारी गराए।

मैले फिल्म खेलेदेखि अहिलेसम्म पुरुष पात्र नै प्रमुख भूमिकामा हुने गरेको छ। यो फिल्ममा नयाँपन भनेको महिला पात्रलाई मुख्य भूमिकामा ल्याएका छौं। बगानमा नायिका करिश्मा मानन्धर एकल महिलाको भूमिकामा हुनुहुन्छु खनालले भने यो फिल्म कुनै कोणले उहाँको जीवनसँग समेत मेल खान्छ। खनालले फिल्ममा नायिकालाई खालि सो पिसको रुपमा मात्रै राख्ने गरे पनि बगानले यो प्रथाको अन्त्य गरेको दाबी पनि गरे।

ञहामी अझै पनि पुरुषको दबदबा भएको समाजमा छौ। विवाह भएको कुनै व्यक्तिको श्रीमतीको मृत्यु भयो भने अर्को बिहे गर्न सोच्नतर्फ हतार गर्ने समाजमा छौ। त्यही समाजमा श्रीमान्को मृत्यु भयो भने ती विधवा श्रीमतीको बारेमा सोच्ने कोही हुँदैन। बगान यसकै सेरोफेरोमा छ, उनको भनाइ थियो।

अभिनेत्री करिश्मा मानन्धरले नेपाली समाजमा सहरभन्दा बाहिर अझै पनि शिक्षाको कमी भएको र उक्त स्थानमा शिक्षा पुर्याउनका लागि फिल्मले महङ्कवपूर्ण भूमिका खेलको सुनाइन्। फिल्ममा लगानी गरेर मात्र हुदैन, सबै क्षेत्रलाई जोड्न सके मात्र हामी सफल हुने हो, करिश्माको भनाइ थियो ञफिल्ममा हिरोइजम मात्र चल्छ भन्ने हुँदैन।

कथालाई सबैसँग जोडे सफल हुन सकिन्छ। बगानबाटै नायिकाको भूमिकामा पाइला टेकेकी प्रमिला कार्कीले बगानको कथामा आफूलाई सट हुने पात्र भएको बताइन्। उनले फिल्म आप्mनो श्रीमानले बनाएको कारण नायिका भएको नभई कथाको पात्रअनुकूल भएकाले काम गरेको दाबी गरिन्।

टोलीले चितवन र बुटवलमा पनि पत्रकार सम्मेलन गरेको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *