बगेर जाने बालुवा बेच्दा किन विरोध ? सरकारले व्यापार गर्दैन, निजी क्षेत्रले नै गर्ने हो : मन्त्री रिजाल

बगेर जाने बालुवा बेच्दा किन विरोध ? सरकारले व्यापार गर्दैन, निजी क्षेत्रले नै गर्ने हो : मन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा नलाग्ने बताएका छन् । उनले बगेर खेर जाने बालुवा उत्खनन गरी बेच्ने कुरा आउँदा किन विरोध भइरहेछ भनी प्रश्न समेत उठाएका छन् ।

आज (मंगलवार) जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकार आफैले व्यापार गर्ने नभई व्यापारका लागि सहजीकरण गरिदिने मात्र बताए । व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री रिजालले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने बताउँदै उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताए । बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रही आएकाले यसलार्य परिवर्तन नगरेसम्म देश र उद्योगीहरु सुखी हुन नसक्ने समेत उनको भनाइ थियो ।

‘सरकरले व्यापार गर्ने होइन, निजी क्षेत्रले गर्ने हो व्यापार भनेको । सरकारले त मात्र सहयोग गर्ने हो,’ उनले भने, ‘के गर्नुपर्छ, बाटो बनाइदिने हो । अहिलेको गठबन्धन सरकारले तपाईहरुका समस्या समाधान गर्नेछ । प्रधानमन्त्रीले संसदमा जवाफ दिँदा बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै आएको छ । त्यसलाई परिवर्तन गर्न नसक्ने हो भने न देश सुखी रहन्छ न उद्योगपति सुखी रहन सक्छन् । सरकार कटिवद्ध छ । राजनीतिक स्थिरताका नहुँदा विगतमा समस्या आयो तर अब यो गठबन्धन सरकार ५ वर्ष नै चल्छ मलाई लाग्छ ।’

देश बनाउनका लागि संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी कम गरे देश विकास गर्न समय नलाग्ने उनको भनाइ थियो । पहाडबाट बगेर जाने बालुवाहरुको उत्खनन गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै उनले आपत्ति समेत जनाए ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *