काठमाडौं । आगामी आर्थिको वर्षको बजेटमा भएको छलफलको क्रममा उठेका प्रश्नहरुमाथि मन्त्रीहरुले जवाफ दिने क्रम सकिएको छ ।
मंगलबार प्रतिनिधिसभामा आगामी बजेटमाथि सासंदहरुले राखेका विभिन्न प्रश्नहरुमाथि मन्त्रालयगत मन्त्रीहरुले जवाफ दिएपछि सकिएको हो ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुको जवाफ दिदैँ अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट संशोधन नगर्ने बताएका छन् ।
असारको पहिलो साताबाट आगामी आर्थिक वर्ष ०८०\०८१ को बजेटमाथि भएको छलफल र त्यसमा आएका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा असार ६ गते आगामी वर्षको बजेटमाथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयको आगामी वर्षको बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मंगलबार सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले दिएका हुन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदैँ बजेट संशोधन नगर्ने बताएका अर्थमन्त्री डा.प्रकाशशरण महतले मौद्रिक नीति र वित्त नीतिको तालमेलबाट ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने बताएका छन् । नीतिगत सुधारका लागि बजेट आकार ठुलो बनाइएको र यसलाई राजस्वमार्फत पुर्ति गर्ने अर्थमन्त्री महतको भनाई छ ।
मन्त्रालयगत छलफलमा भूमी मन्त्री रञ्जिता श्रेष्ठले काठमाडौँका स्ववासीहरुलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडी बढाइएक
ो तथा वास्तविक सुकुम्बासी पहिचान गर्न लागि परेको पनि बताइन् । संसदमा सांसदहरुको प्रश्नको जवाफ दिदैँ मन्त्रीहरुले विभिन्न प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्रीहरुले संसदमा उठेका सबै प्रश्नहरुको जवाफ त दिएका छन । तर, यसको प्रभावकारीता कस्तो हुन्छ ? भन्ने प्रश्न भने कायमै रहेको छ । आर्थिक मन्दीका बेला आएको यो बजेटप्रति प्रतिपक्षको असन्तुष्टि त छदै त सत्तापक्षका सांसदहरुको पनि उत्तिकै विरोध जनाएका छन् । यसकारण पनि बजेट परिचालनमा सरकार जिम्मेवार हुनुपर्ने देखिन्छ ।