बजेट पुस्तिकाको कमजोरी सच्याउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा रहेका कमजोरी सच्याउन सरकारलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा उनले बजेट पुस्तिकामा कमजोरी रहेको पाइएको र केही प्रदेशको नाम उल्लेख हुनुपर्नेमा अङ्क रहेको पाइएकाले सच्याउन निर्देशन दिएका हुन् ।

आजको बैठकमा छलफलका लागि तय भएको सहरी विकास मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमा लुम्बिनी प्रदेश उल्लेख हुनुपर्नेमा प्रदेश नं ५ उल्लेख भएको भन्दै केही सांसदले विरोध जनाएका थिए । विरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित भएको थियो ।

दलका प्रतिनिधिसँगको छलफलपछि सभामुखले कमजोरी सच्याउन सरकारलाई निर्देशन दिएका हुन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top