
- सुश्मिता वानिया
काठमाडौं । आगामी वर्षको प्री–बजेट माथिको छलफलकै क्रममा नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आगामी बजेट हाईड्रोमा लगानी गर्नुपर्ने बताए ।
रेमिट्यान्सको १० प्रतिशत मात्रै पैसा ग्रामिण अर्थतन्त्र अर्थात् हाइड्रोमा लगानी गर्न सकेमा विकासमा कायापलट आउने सांसद शर्माले बताए । आगामी वर्ष झण्डै दश खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स आउन सक्ने भन्दै गरिएको प्रक्षेपणलाई आधार मान्दै उनले, आगामी बजेटमा रेमिट्यान्सको १० प्रतिशत मात्रै भएपनि लगानीका लागि अभिप्रेरित गर्ने योजना अर्थमन्त्रीले बनाउनु पर्ने शर्माले उल्ल्ेख गरे ।
सांसद शर्माले निर्माण क्षेत्रमा २४ घण्टामा ८ घण्टाको सिफ्टमा काम गर्नुपर्ने र लहडमा लागेर बजेट ल्याउने छुट नभएको पनि बताए ।