बबिनाको बालापनको तीज

बबिनाको बालापनको तीज

नेपाली हिन्दू नारीहरुको महान् पर्व तीज आउन अभैm डेढ महिना बाँकी छ। तर, सांगीतिक कलाकारहरुलाई भने तीज लागिसकेको छ।

तीज आउन डेढ महिना बाँकी रहँदा गायक गायिका तीजका गीत र भिडियो युट्युबमार्फत सार्वजनिक गरिरहेका छन्। यसै क्रममा गायिका बबिना भट्टराईले पनि तीज गीत सार्वजनिक गरेकी छन्। भीष्ममणि पाण्डेको शब्द रचनामा बालापनको तीज बोलको तीज गीत गायिका भद्मराईको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा संगीत बबिनाकै छ।

सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। गीत विशेषगरी, बालबालिकामा समर्पित छ। सांस्कृतिक सम्पत्तिको रुपमा सिर्जना गरिएको तीजको कोसेली साना साना नानीका लागि सांस्कृतिक मनोरञ्जन प्रदान गर्न तयार पारिएको गायिका भद्मराईले बताइन्। केशवराज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको गीतको भिडियोमा बुद्ध थापाको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *