बहादुरगञ्जमा कांग्रेस उम्मेदवार शाहको चुनावी सभा, विपक्षी उम्मेदवारमाथि कडा आरोप

बहादुरगञ्जमा कांग्रेस उम्मेदवार शाहको चुनावी सभा, विपक्षी उम्मेदवारमाथि कडा आरोप


बहादुरगञ्जमा आज आयोजित निर्वाचन सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह ले घण्टी चुनाव चिन्हबाट उम्मेदवार प्रकाश रजौरिया र सूर्य चुनाव चिन्हबाट उम्मेदवार बिरेन्द्र कुमार कनौडिया ले यस क्षेत्रको भलो कहिल्यै नचाहेको आरोप लगाएका छन्।
उनले ती उम्मेदवारहरू काठमाडौँ बसेर चुनावको बेला मात्र क्षेत्रमा आउने र “टुरिस्ट नेता” बनेर जनतालाई भ्रममा पार्ने काम गरिरहेको बताए। यस्तो प्रवृत्तिले जनतालाई ठग्ने प्रयास भइरहेको उनको दाबी थियो।
शाहले आफू भने यही क्षेत्रमा निरन्तर बस्दै जनताको सुख–दुःखमा साथ दिँदै आएको उल्लेख गर्दै मतदातासँग आफूलाई मतदान गर्न आग्रह गरे। उनले अघिल्लो निर्वाचनमा आफू पराजित भएको स्वीकार गर्दै त्यस हारबाट धेरै कुरा सिकेको बताए र जनतासमक्ष क्षमायाचना गर्दै यसपालि सबैको समर्थन मागे।

Leave a Comment

Your email address will not be published. Required fields are marked *