बहादुरगन्ज चोकमा सूचना बोर्डको अभावले यात्रु र चालक हैरान, रातको समयमा थप समस्या ।

बहादुरगन्ज चोकमा सूचना बोर्डको अभावले यात्रु र चालक हैरान, रातको समयमा थप समस्या ।

कपिलवस्तुको बहादुरगन्ज चोकमा सूचना बोर्डको अभावका कारण यात्रु र लामो दुरीका सवारी चालकहरू हैरानीमा परेका छन्। हुलाकी राजमार्ग निर्माणपछि अधिकांश सवारी साधनले चन्द्रौटा–बुटवल सडक छोडेर बहादुरगन्ज–भैरहवा मार्ग प्रयोग गर्न थालेका छन्। तर, बहादुरगन्ज चोकमा दिशानिर्देश दिने सूचना बोर्ड नहुँदा विशेष गरी नयाँ चालकहरू र रात्रिकालीन यात्रामा रहेका व्यक्तिहरू अलमलमा पर्ने गरेका छन्।

तौलिहवा हुँदै बहादुरगन्ज आउने चालकहरूका लागि कुन बाटो कहाँ जान्छ भन्ने स्पष्ट जानकारी नहुँदा अनावश्यक अलमल र समय बर्बाद हुने गरेको छ। विशेष गरी रातको समयमा दृश्यता कमजोर हुँदा समस्या झनै बढ्ने गर्दछ। भारतीय सवारी साधनहरू कृष्णनगर हुँदै नेपाल प्रवेश गरेपछि लुम्बिनी  तर्फ जान चाहँदा बहादुरगन्जमा कुन मोडबाट बाटो परिवर्तन गर्ने भन्ने प्रस्ट जानकारी नहुँदा कहिलेकाहीँ उनीहरू गल्तीबाट अन्य मार्गतर्फ अघि बढ्ने गरेका छन्।
स्थानिय बासिन्दा र चालकहरूले सम्बन्धित निकायलाई यथाशीघ्र सूचना बोर्ड जडान गर्न माग गरेका छन्। यसले यात्रुहरूलाई सहजता प्रदान गर्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुग्ने स्थानीयहरूको भनाइ छ।
सडक सञ्जालमा वृद्धि भएसँगै सूचनाको पहुँच पनि सँगसँगै बढ्नु जरुरी भएकाले बहादुरगन्ज चोकमा सूचनात्मक बोर्ड राख्न सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक देखिन्छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *