बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोड ९० लाखको बजेट

बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोड ९० लाखको बजेट

बागमती । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बागमती प्रदेश सरकारले बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले शुक्रबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।

विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख अर्थात् ४२ दशमलव ५८ प्रतिशत रकम विनियोजन गरिएको छ । पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ अर्थात् ५६ दशमलव ६२ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ अर्थात् ० दशमलव ८ प्रतिशत बजेट विनियोजन भएको छ ।

विनियोजित बजेटतर्फ कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख र अन्य राजस्वबाट ५ अर्ब २६ करोड ९४ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ । यस्तै, संघीय वित्तीय हस्तान्तरणमार्फत १७ अर्ब ८१ करोड २३ लाख, प्रदेश सञ्चित कोष र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख बेहोरिने भनिएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *