
वडा सदस्य समाजसेवी नरबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको समारोहमा विविध कार्यक्रम प्रस्तुत भए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेमबहादुर पुनको अध्यक्षतामा भएको समारोहमा प्रधानाध्यापक डिल्लीप्रसाद पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । शिक्षक छममाया पुनले स्वागत मन्तव्य र शिक्षक रुद्रबहादुर खरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
स्थानीय अभिभावकले तंग्राम, झुलेनी र फापरखेत गाउँ वरपर प्रचलित मगर समुदायको सोरठी गीत नाच प्रस्तुत गरे । समारोहमा फापरखेत सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष जितबहादुर पुन, विद्यालय व्यवस्थापन समिति सदस्य दिलबहादुर पुन दीपक, भूमे पुस्तकालय व्यवस्थापन समिति अध्यक्ष मनबहादुर पुन, सप्तरंगी सामाजिक महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष थमकुमारी श्रीस, विद्यालयका पूर्व आर्थिक निर्माण समितिका संयोजक थमनबहादुर पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रअ पौडेलले विद्यालयको चौतर्फी विकासका लागि स्वेच्छिक चन्दा सहयोगस्वरुप साँबा ब्याजसहित १३ हजार ८५० विद्यालयलाई उपलब्ध गराए । कार्यक्रममा छात्रा सामना पुनले ‘विद्यार्थी जीवनमा अनुशासनको महत्व’ र छात्रा आयुष्मा पुनले ‘मेरो विद्यालय’ शीर्षकमा अंग्रेजीमा सम्भाषण प्रस्तुत गरे । अभिभावकबीच मेचघुमाइ, विद्यार्थीबीच तातो आलु, बेलुन डान्स, चम्चा दौड, कबड्डी, भलिबल अंग्रेजी स्पिच, अभिभावक–शिक्षकबीच मैत्रीपूर्ण भलिबल लगायतका प्रतियोगिताका विजयीलाई पुरस्कृत गरियो ।
शिक्षकहरुले राष्ट्रियगीतमा सामूहिक नाच देखाए भने छात्रछात्राबीच शिक्षासम्बन्धी दोहोरीगीत मुख्य आकर्षण थियो । शिक्षक तेजबहादुर परियारले लोकआधुनिक गीत गाए ।