बाग्मती प्रदेश : बजेट तर्जुमा गर्नेबेला सरकार विस्तारकै अलमल

बाग्मती प्रदेश : बजेट तर्जुमा गर्नेबेला सरकार विस्तारकै अलमल

  • सुनिता विष्ट

मकवानपुर । बागमती प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएको झण्डै ४ महिना बित्न लागेको छ ।

यो अवधिमा हालसम्म ३ पटक मन्त्रिपरिषद् विस्तार भइसकेको छ । तर अझै पनि सरकारले पूर्णता भने पाउन सकेको छैन ।

आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि पनि अहिले महत्वपूर्ण समय हो ।

वैशाख महिनाभरमा बजेट तर्जुमा गरेर विनियोजनको तयारी गर्नुपर्ने बेला बागमती प्रदेशका ५ वटा मन्त्रालयहरु मन्त्रीविहिन हुँदा बजेट तर्जुमाका काम पनि हुन सकेको छैन ।

गत चैत्र १० गते पुनः विश्वासको मत लिएर सरकार विस्तारको अभियानमा रहेका शालिकराम जम्मकट्टेलले ३९ दिन बित्दासमेत कांग्रेसको साथ नपाएपछि बजेट तर्जुमाको महत्वपूर्ण समयमा बागमती प्रदेश सरकारको ५ वटा मन्त्रालय मन्त्रीविहीन बन्न पुगेका छन् । जसका कारण वजेट तर्जुमाको गृहकार्य सुरु भएपनि मन्त्रालयका सचिवहरु अलमलमा देखिएका छन् ।

बाइटः शरण पाण्डे, सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बाग्मति प्रदेश
रिक्त रहेको ५ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीकै काँधमा हुँदा बजेट तर्जुमाको लागि सकस भएको सचिवहरुको गुनासो छ ।

७ रिक्त मन्त्री मध्ये २ मन्त्री नियुक्त हुँदा अझै ५ मन्त्रालय रिक्त छ । रिक्त मन्त्रालयको पदपूर्ति गरेर वजेट तर्जुमा गर्न ढिलो भइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्री बताउँछन् ।

कांग्रेसले अझै ४ मन्त्रालयको दाबी छोडेको छैन । २ मन्त्रालय पाइसकेको कांग्रेस जसरी पनि अब ४ मन्त्रालय पाउनुपर्ने अडानमा छ ।

कांग्रेसको अलमलले गठबन्धनमै रहेको एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुन पाएको छैन । ११ सदस्यीय मन्त्रिपरिषद्मा हाल ६ मन्त्री छन् ।

बागमतीमा हाल स्वास्थ्य मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग पर्यटन तथा सहकारी मन्त्रालय रिक्त छ ।

आगामी आर्थिक बर्षको लागि बजेट तर्जुमाको तयारीमा जुट्नुपर्ने महत्वपूर्ण समयमा बागमती प्रदेश भने भने सरकार विस्तारकै अलमलमा छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *