बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन

बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन

  • प्रलाद तिमल्सिना

बारा । बाराको महागढीमाई नगरपालिकाका स्थानीय बासिन्दाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतला दहन गरेका छन् ।

चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतका नभएका कारण नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुतला दहन गरेका हुन् ।

स्थानियहरुको सयौं संख्यामा रहेकाले प्रधानमन्त्री प्रचण्डको पुतलामा आगो लगाउदै नाराबाजी गर्न थालेपछि नजिकै रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाएका थिए । प्रधानमन्त्रीको पुतला दहनसंगै स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको राजीनामा समेत माग गरेका छन् । प्रमुख प्रशासकीय अधिृकत पठाउन नसक्ने मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै स्थानीयले नाराबाजी समेत गरेका थिए ।

यसअघि महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गठबन्धन दलका नेता र मन्त्रीलाई महागढीमाई नगर क्षेत्रभित्र प्रवेशमा रोक लगाएको भन्दै बुधवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेका थिए । प्रधानमन्त्रीसहित गठबन्धन दलका शिर्षस्थ नेतालाई भेटेर प्रमुख प्रशासकीय अधिकृत पठाईदिन आग्रह गर्दा समेत सुनुवाई नभएपछि प्रवेश निषेध गरेको नगर प्रमुख यादवले बताएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी सहित ६ सय ५८ जना कर्मचारीले चार महिना देखि तलब पाएका छैनन् भने नगरपालिकाको योजनाको काम समेत प्रभावित बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चालु आर्थिक वर्षमा पाँच प्रतिशत मात्रै योजनाको सम्झौता भएको छ ।

नगर प्रमुख यादवले प्रमुख प्रशासकीय अधिकृत चार महिना नहुँदा झण्डै एक अर्बको बजेट फ्रिज हुन लागेको बताउदै आएका छन् । प्रमुख यादवले पटक (पटक काठमाडौमा गएर विभिन्न दलका शिर्ष नेताहरुलाई भेटेर आफ्नो समस्या बताएतापछि समाधान भने भएको छैन । नगर प्रमुख यादव प्रमुख प्रशासकीय अधिकृत माग गर्न यतिबेला काठमाण्डौमै छन् ।
उनले कार्यालयमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा सेवाग्राहीहरुको अत्यावस्यक काम हुन नसकेपछि सर्वसाधारणले जनप्रतिनिधिहरुमाथि गालीगलौज गर्र्ने क्रम बढेको र यसले गर्दा आफूहरुले असुरक्षित महशुस गर्नुपरेको गुनासो सुनाए।

नगर प्रमुख यादवले सर्वसाधारणले मन्दिर परिसर र नगर क्षेत्रमा सदाझै निर्वाद रुपमा प्रवेश गर्न पाउने पनि बताए। २०७९ बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट विजयी यादव बारा क्षेत्र नम्बर २ मा बैशाख १० सम्पन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई जिताउन अहोरात्र खटेका थिए। यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि यादव नगरप्रमुख निर्वाचित भएका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *